स्थानीय तह
सुन्दरहरैंचाको सार्वजनिक सुनुवाइमा मेयरलाई प्रश्नैप्रश्न, कार्यकारी अधिकृत, उपमेयर र वडाध्यक्षलाई सोधिएन प्रश्न
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको कामको जानकारी दिन सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा सामाजिक परीक्षण मस्यौदा प्रस्तुतिकरण पनि गरिएको थियो ।
कार्यक्रममा गछिया तथा बुढी खोलाको दोहन तथा तटबन्ध निर्माण, अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या र सडक निर्माण तथा सिटी सफारी व्यवस्थापनका विषयमा कार्यक्रममा सहभागीले प्रश्न राखेका थिए ।

सहभागीले सोधेका प्रश्नको जवाफ दिने क्रममा नगरप्रमुख शिवप्रसाद ढकालले अघिल्ला वर्षजसरी अब खोलाजन्य पदार्थ उत्खननमा ठेक्का नलगाइने बताए । ‘अब पैसा पनि घट्छ, मेसिन प्रयोग गर्न पनि पाइँदैन,’ मेयर ढकालले भने, ‘गछिया खोलो केही गहिरो भएकै छ । त्यसतर्फ नगरले ध्यान दिनेछ ।’
झोलुङ्गे पुल बनाउने सम्झौता भए पनि सो कम्पनीले पुल नबनाएको बताउँदै ढकालले यसै आर्थिक वर्षमा बुढी खोलामा झोलुङ्गे पुल बन्ने बताए । नगरले पहिलो प्राथमिकता गछिया र बुढी खोलालाई दिएको उनको भनाइ थियो ।
सिटी सफारीलाई करको दायरामा ल्याउन नगरपालिकाले पहल गरे पनि नसकेपछि ठेकेदारमार्फत् पटके कर उठाउनुपरेको बाध्यता ढकालले बताए । कतिपय कर भने नगरले कम दर निर्धारण गरे पनि प्रदेश सरकारले करको दर बढाउन चेतावनी नै दिएको हुनाले आर्थिक ऐनअनुसार नै करको दर बढाइएको उनले उल्लेख गरे ।
आफ्नो क्षेत्राधिकारको प्रश्न बढी आउने गरेको मेयरको भनाइ
कार्यक्रममा सोधिएका केही प्रश्नको जवाफ आफूले दिन नसक्ने मेयर ढकालले बताए । पूर्वपश्चिम राजमार्ग, सार्वजनिक शौचालय निर्माणलगायतका विषयमा आफूले पूर्ण जानकारी दिन नसक्ने उनको भनाइ थियो ।
गछिया, गोठगाउँ, मृगौलिया तथा बलियामा सार्वजनिक शौचालय निर्माण नहुनुमा मानिसको नियत नै खराब हुनु मुख्य कारण रहेको उनले जनाए । पूर्वपश्चिम राजमार्ग पनि स्थानीय तहको क्षेत्रभन्दा बाहिरको भएको उनको भनाइ थियो ।
कार्यक्रममा कमला अधिकारी, गंगाप्रसाद घिमिरे, नारायण घिमिरे, दधिराम ढुङ्गाना, गंगा न्यौपाने, नेत्रप्रसाद घिमिरे, अर्जुन तिम्सिनालगायतले प्रश्न सोधेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई प्रश्नै सोधिएन
कार्यक्रममा प्रश्न सोध्नेले प्रमुख प्रशासकीय अधिकृत, उपमेयर र वडाध्यक्षलाई भने प्रश्नै सोधेनन् । आफ्नो मन्तव्यको क्रममा उपमेयर धनमाया तामाङले पनि सो कुरा उल्लेख गरिन् ।
न्यायिक समितिमा परेका मुद्दामध्ये अब १२ ओटा मुद्दामात्रै फछ्र्योट हुन बाँकी रहेको उनले बताइन् । राजस्व परामर्श समितिको बैठक समयमा बस्न नसक्नुमा समितिका सबै सदस्यको समय नमिल्नु रहेको उल्लेख गर्दै चाँडै सो बैठक बस्ने बताइन् ।
दिउँसो २ बजेका लागि आह्वान गरिएको सार्वजनिक सुनुवाइमा सहभागीको सङ्ख्या पनि न्यून रहेको थियो । नगरपालिकाका कर्मचारीको उल्लेख्य उपस्थिति रहे पनि वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति भने कम थियो ।
सार्वजनिक सुनुवाइको सहजीकरण रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login