कोशी प्रदेश
गछियामा माघ २० गते लाइभ कन्सर्ट हुने

गछियाः सुन्दरहरैंचा एकता युवा क्लबले लागू पदार्थको दुव्र्यसनसम्बन्धी जनचेतना जगाउने काम गर्न आर्थिक सङ्कलनको लागि म्युजिक कन्सर्ट गर्ने भएको छ ।
दुव्र्यसनमा फसेकाहरुलाई त्यसबाट छुटकारा दिलाउन र जनचेतना जगाउन कार्यक्रमको आयोजना गर्न लागिएको क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘भ्वाइस लाइभ कन्सर्ट २०२०’ नाम दिइएको सो कन्सर्टमा भ्वाइस नेपालका प्रतियोगीका साथै स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने भएको छ ।
‘सुन्दरहरैंचालगायत मोरङको उत्तरी क्षेत्रमा लागूपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गइरहेको पाइएकाले त्यसलाई न्यून गर्दै लान चेतना जगाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो’, क्लबका अध्यक्ष सुमन राईले भने, ‘विभिन्न अध्ययनले औषधीजन्य लागूऔषधको अत्यधिक प्रयोग हुने गरेको पाइएको छ ।’
उत्पादनमूलक कम्पनी मुख्य प्रायोजक रहने सो लाइभ कन्सर्टका लागि सुन्दरहरैंचा नगरपालिकाका साथै अन्य सामाजिक सङ्घ संस्थाले पनि सहयोग आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।
कन्सर्टमा १८ लाख आम्दानी र १५ लाख खर्च हुने अनुमान गरिएको तथा बचत भएको रकमले संस्थाले नै दुव्र्यसनविरुद्ध काम गर्ने निर्णय गरेको क्लबका सहसचिव निश्चल घिमिरेले जानकारी दिए ।
Facebook Comment
Banner
सिजन श्रेष्ठको हावामा अल्झिएको स्वरले पायो गामबेंसीका कवि युवा साहित्य पुरस्कार

कवि क्षेत्रप्रताप अधिकारीको नाममा स्थापित गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नगद ५० हजारका साथमा ट्रफी र मेडल कवि श्रेष्ठले पाउनुभएको हो ।
गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । श्रेष्ठको कृति हावामा अल्झिएको स्वरका साथै साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका थिए । तीमध्ये हावामा अल्झिएको स्वरका लागि श्रेष्ठले सो पुरस्कार पाउनुभएको हो ।
‘म गाउँले बनाएको कवि हुँ’, पुरस्कृत भएपछि कवि सिजन श्रेष्ठले भन्नुभयो, ‘ज्यादै प्रकृतिप्रेमी गाउँले कविको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा मैले कविता लेखनमा २२ वर्ष गरेको साधनाको सही पहिचान र मूल्याङ्कन भएको महसुस गर्दै कविता र साहित्य लेखनमा अझै थप जिम्मेवारीबोध गरेको छु ।’
Banner
तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।

केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।
त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।
वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।
Banner
गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक

विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।
सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।
नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login