समाचार
प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान
रौतहट ः प्रहरी र फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।
इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
सोही समूहका अन्य २ भने भारततर्फ भागेका छन् । घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, खाली खोका १ थान र कटुवामा लोड भएको १ थान गोली प्रहरीले बरामद भएको छ ।
Facebook Comment
Banner
जेनजी आन्दोलनको आडमा यातायात विभाग ध्वस्त : सर्भर, ८ लाख नम्बर प्लेट र हजारौँ लाइसेन्स खरानी
मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनी र तोडफोडले विभागको सूचना प्रविधि प्रणालीसहितको भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।
विभागका सूचना अधिकारी गणेशमान सिंहका अनुसार आगलागीबाट केन्द्रीय सर्भर कक्ष, लाइसेन्स छपाइ मसिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन प्लान्ट र आठ लाखभन्दा बढी नम्बर प्लेट पूर्ण रूपमा जलेर खरानी भएका छन् । साथै, झण्डै २० हजार स्मार्ट ड्राइभिङ लाइसेन्स र हजारौँ कार्डहरू समेत नष्ट भएका छन् ।
“फायरप्रुफ ढोका तोडेर भित्र प्रवेश गरी सर्भरमा आगजनी गरिएको हो । सर्भर, हार्डडिस्क र अन्य उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट १२–१५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,” सिंहले बताए ।
लाइसेन्स छपाइ गर्ने करिब ७–८ करोड रुपैयाँ लागतको मेशिनसमेत जलेको छ । यो मर्मत गर्न सकिने भए १५–२० दिनभित्र सेवा सुरु गर्ने सम्भावना छ भने नयाँ खरिद गर्नुपर्ने अवस्थामा दुई–तीन महिना लाग्नेछ ।
त्यस्तै, विभागभित्रको नम्बर प्लेट उत्पादन फ्याक्ट्री र तयारी अवस्थामा रहेका ८ लाख इम्बोस्ड नम्बर प्लेट जलेर खरानी भएपछि १ असोजदेखि अनिवार्य गर्ने भनिएको नम्बर प्लेट जडानको योजना अनिश्चितकालका लागि रोकिएको छ ।
केन्द्रीय सर्भर ध्वस्त भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, सवारीसाधन दर्ता (VRS), इम्बोस्ड नम्बर प्लेट जडान लगायतका सम्पूर्ण अनलाइन सेवा देशभर ठप्प भएका छन् ।
अधिकारी सिंहका अनुसार उपकरण आंशिक रूपमा प्रयोगयोग्य भए दशैं–तिहारबीच सेवा सुरु गर्ने प्रयास हुनेछ । तर, पूर्ण रूपमा नष्ट भएको खण्डमा नयाँ उपकरण ल्याउन विदेशी खरिद प्रक्रिया र प्राविधिक सहयोग आवश्यक पर्ने भएकाले कम्तीमा दुई–तीन महिना समय लाग्नेछ ।
Banner
झापामा जङ्गली हात्ती मृत फेला
झापा – झापाको मेचीनगर नगरपालिका–१, देवीगञ्जस्थित धान खेतमा शनिबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मृत हात्ती वयस्क पोथी हो। पोस्टमार्टमको तयारी भइरहेको र मृत्युको कारण परीक्षणपछि मात्र स्पष्ट हुने उनले बताए।
वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार मृत हात्ती करिब २२ वर्ष उमेरको थियो। उनका अनुसार हिजो बेलुका सो क्षेत्रमा भारततर्फबाट १२ वटा हात्ती प्रवेश गरेको जानकारी प्राप्त भएको थियो। आज बिहान भने तीमध्ये एक मृतावस्थामा भेटिएको हो।
वन कार्यालयको टोली घटनास्थलमा पुगेको छ भने मृत हात्तीको मृत्युको कारणबारे पोस्टमार्टमपछि मात्र निश्चित जानकारी आउने वन कार्यालयले जनाएको छ।
Banner
जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए
चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो । २३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो । अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login