धर्म / संस्कृति
सरस्वती पूजामा प्रधानमन्त्रीको सन्देशः समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताएका छन् ।
वसन्तपञ्चमीका अवसरमा आज दिइएको शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै लगेको बताउँदै प्रधानमन्त्री ओलीले समाजमा सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेकामा जोड दिएका छन् ।
वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाइँदै आएको यस पर्वका अवसरमा काव्यविनोदी स्रष्टा, सर्जक, साहित्य, सङ्गीत, कला साधक तथा ज्ञानका अध्येतामा समेत उनले शुभकामना व्यक्त गरेका छन् ।
Facebook Comment
Banner
आजको राशिफल — २०८२ साल पुस २ गते
आज २०८२ साल पुस २ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर १७ तारिख । पौष कृष्ण पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।
मेष : दिन सामान्य छ । दैनिक काम बन्नेछ । सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ । साथीभाइसँग परामर्श लिनु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । ठुलो आर्थिक कारोबार नगर्नु राम्रो हुनेछ ।
वृष : थोरै लगानी गरे पनि व्यवसाय फस्टाउने दिन छ । लगानी गर्नुभएको भए फाइदा हुनेछ । उपचारको क्रममा भए लाभ प्राप्त हुनेछ । बौद्धिक र अग्रज व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च भए पनि आम्दानी बढ्नेछ । राज्यको तर्फबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।
कर्कट : दिन सामान्य छ । सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । रोगले सताउने जोखिम छ । परिवारमा भने मिष्ठान्न भोजन मिल्नेछ ।
सिंह : दिन सामान्य राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठित भएमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।
कन्या : दिन राम्रो छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । सामान्य सोच्नुभएका व्यक्तिबाट धोका हुनेछ । रोगबाट मुक्ति मिल्नेछ । उपचारमा भए निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।
वृश्चिक : दिन राम्रो छ । धन कमाउने अवसर स्वदेशमा देखिने छन् । मन खुशी हुने दिन छ । स्वास्थ्यमा सुधार हुने देखिन्छ । धार्मिक कार्यम सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । सामाजिक काममा भए सेवाको अवसर मिल्नेछ ।
धनु : बोल्दा सचेत हुनुपर्ने दिन छ । दैनिक काममा भने कुनै अवरोध नहुने देखिन्छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास गर्ने बानीले धोका हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने योग छ ।
मकर : दिन सहज छ । तपाईंको प्रशंसा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइसँग भेट हुने योग छ । राजनीतिमा भने सचेत बन्नुपर्नेछ । व्यापारमा मिहिनेत गरे फाइदा हुनेछ ।
कुम्भ : दिन सामान्य राम्रो छ । हराएको धन भेटिनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । कारोबार गर्नैपरे आफ्नो हातले नदिनु राम्रो हुनेछ । लगानी गर्दा साथीसँग सहकार्य गरेमा फाइदा हाेला ।
मीन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले उपचारमा ध्यान दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।
Banner
आजको राशिफल : मंसिर २४, २०८२ बुधबार
आज २०८२ मंसिर २४ गते बुधबार, अन्तर्राष्ट्रिय मानवअधिकार दिवस
मेष – स्वास्थ्य राम्रो, शिक्षा–व्यवसायमा सफलता, विदेश आकर्षण।
वृष – बोलीका कारण दूरी बढ्न सक्छ, रोग जोखिम, परिवारको साथ।
मिथुन – नियमित काम सफल, राज्य पक्षबाट भय, परिवारसँग खुसी।
कर्कट – स्वास्थ्य सुधार, भूमिको कारोबारमा हानी, दाम्पत्य सुख।
सिंह – बोली प्रभावशाली, शिक्षामा लगानीबाट प्रतिफल, प्रतिस्पर्धी कमजोर।
कन्या – दैनिकी ठीकठाक, स्वास्थ्यमा जोखिम, सेवाको अवसर।
तुला – योजना सफल, विदेशप्रति आकर्षण, परिवारमा खटपटीको सम्भावना।
वृश्चिक – ठूला व्यक्तिसँग भेट, प्राविधिक शिक्षाबाट फाइदा, कर्तव्य पूरा गर्नु उचित।
धनु – मनमा खटपटी, सम्पत्ति बढ्ने तर इज्जतमाथि दाग, शरीरमा आलस्य।
मकर – व्यापारमा लाभ, शिक्षा प्रतिफल ढिला, पारिवारिक सम्बन्ध सुमधुर।
कुम्भ – धन लाभ, रोग जोखिम, राज्यतर्फबाट सुविधा बढ्ने योग।
मीन – नयाँ काम सुरु गर्न उपयुक्त, परिवार–साथीको साथ, प्रेम सम्बन्ध मधुर।
Banner
आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर २३ गते मंगलबार, तदनुसार २०२५ डिसेम्बर ९ तारिख पुस कृष्ण पक्ष पञ्चमी। आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस समेत परेको छ।
मेष र सिंह राशिका लागि आजको समय सामान्य देखिन्छ भने लगानी तथा खर्चमा सचेत रहन सुझाव दिइएको छ।
वृष, मिथुन र कर्कटका लागि दिन अनुकूल रहनेछ। विशेषगरी कर्कट राशिले धार्मिक यात्रा तथा शिक्षा क्षेत्रमा उत्साहजनक परिणाम पाउनेछन्।
सिंह र तुला राशिका लागि कामप्रति सजगता आवश्यक देखिए पनि परिवार र प्रेम सम्बन्धमा सन्तुष्टि मिल्ने ज्योतिषको आकलन छ।
वृश्चिक र मकर राशिले आर्थिक क्षेत्रमा उल्लेखनीय लाभ पाउने योग बनिरहेको छ।
धनु र कुम्भ राशिका लागि सामाजिक सम्मान र व्यापारिक फाइदाका संकेत देखिएका छन् भने मीन राशिका जातकले अनावश्यक खर्च र विवादबाट टाढा रहनु उचित हुने बताइएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login