Connect with us
Advertisement

हसिनामा सिमसार महोत्सवको तयारी पूरा, १ हजार झण्डाले आगन्तुकलाई स्वागत गरिने

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको हसिना सिमसार क्षेत्रमा भोलि विश्व सिमसार दिवसको अवसर पारी महोत्सवको आयोजना हुने भएको छ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले बताए ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको झाँकी प्रदर्शन हुन्छ’, शनिबार साँझ भएको टेलिफोन सम्पर्कमा उनले भने, धरानको गरिमा डान्स सेन्टरको प्रस्तुतिका साथै स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ ।’

सिमसारको गेटदेखि लगभग ५ सय मिटर दक्षिणसम्म सडकको दायाँबायाँ १ हजार ओटा नेपाली झण्डा फहराइने भएको छ । रातको समयमा शीत र पानीले झण्डा बिगार्न सक्ने हुनाले आइतबार बिहान मात्रै १ हजार झण्डा सडकको दुवैतर्फ फहराएर आगन्तुकको स्वागत गरिने मेला आयोजकले जनाएको छ ।

प्रदेश र सङ्घीय सरकारका मन्त्री, प्रदेश, सङ्घ र राष्ट्रिय सभाका सांसद, विभिन्न दलका नेता तथा पर्यटन व्यवसायीको कार्यक्रममा उपस्थिति हुने ओझाले बताए । महोत्सवका लागि सुन्दरहरैंचाको वडा नम्बर ५, सुन्दरहरैंचा नगरपालिका, प्रदेश पर्यटन मन्त्रालयलगायतले सहयोग गर्ने पनि उनले जानकारी दिए ।

हसिनाले हरेक वर्ष सिमसार दिवसको अवसर पारी मेला लगाउने गरेको थियो । यस पटक भने नेपाल भ्रमण वर्षको सन्दर्भलाई जोडेर औपचारिक रुपमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

मन्त्रीलाई डीपीआर बुझाइने
महोत्सव मूल आयोजक समितिका अध्यक्ष ओझाका अनुसार हसिना सिमसारको विकासका लागि डीपीआर तयार पारिएको छ । सो डीपीआर भोलि हुने कार्यक्रममा सङ्घीय पर्यटन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरिने कार्यक्रम पनि छ ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

Published

on

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।

Continue Reading

Banner

आज पनि सुनचाँदीको भाउ घट्यो

Published

on

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक