Connect with us
Advertisement

हसिनामा सिमसार महोत्सवको तयारी पूरा, १ हजार झण्डाले आगन्तुकलाई स्वागत गरिने

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको हसिना सिमसार क्षेत्रमा भोलि विश्व सिमसार दिवसको अवसर पारी महोत्सवको आयोजना हुने भएको छ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले बताए ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको झाँकी प्रदर्शन हुन्छ’, शनिबार साँझ भएको टेलिफोन सम्पर्कमा उनले भने, धरानको गरिमा डान्स सेन्टरको प्रस्तुतिका साथै स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ ।’

सिमसारको गेटदेखि लगभग ५ सय मिटर दक्षिणसम्म सडकको दायाँबायाँ १ हजार ओटा नेपाली झण्डा फहराइने भएको छ । रातको समयमा शीत र पानीले झण्डा बिगार्न सक्ने हुनाले आइतबार बिहान मात्रै १ हजार झण्डा सडकको दुवैतर्फ फहराएर आगन्तुकको स्वागत गरिने मेला आयोजकले जनाएको छ ।

प्रदेश र सङ्घीय सरकारका मन्त्री, प्रदेश, सङ्घ र राष्ट्रिय सभाका सांसद, विभिन्न दलका नेता तथा पर्यटन व्यवसायीको कार्यक्रममा उपस्थिति हुने ओझाले बताए । महोत्सवका लागि सुन्दरहरैंचाको वडा नम्बर ५, सुन्दरहरैंचा नगरपालिका, प्रदेश पर्यटन मन्त्रालयलगायतले सहयोग गर्ने पनि उनले जानकारी दिए ।

हसिनाले हरेक वर्ष सिमसार दिवसको अवसर पारी मेला लगाउने गरेको थियो । यस पटक भने नेपाल भ्रमण वर्षको सन्दर्भलाई जोडेर औपचारिक रुपमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

मन्त्रीलाई डीपीआर बुझाइने
महोत्सव मूल आयोजक समितिका अध्यक्ष ओझाका अनुसार हसिना सिमसारको विकासका लागि डीपीआर तयार पारिएको छ । सो डीपीआर भोलि हुने कार्यक्रममा सङ्घीय पर्यटन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरिने कार्यक्रम पनि छ ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक