Connect with us
Advertisement
Advertisement

कोरोना भाइरसका विरामीलाई छुट्टै उपचारकेन्द्रः स्वास्थ्य मन्त्री ढकाल

Published

on

काठमाडौँः नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन् । स्वास्थ्य मन्त्री ढकालले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले ब्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए । रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उहाँले अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताएका छन् ।

हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालले जनाएका छन् । चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको पनि छ । मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

Continue Reading

Facebook Comment

Advertisement
14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Published

on

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ।

यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो ।

प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि देखिएको हाे ।

Continue Reading

Banner

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  १५ जना  कर्मचारीमा काेरोना  पोजिटिभ

Published

on

विराटचाेक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  १५ जना  कर्मचारीहरुमा काेरोना  पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । स्रेतका अनुसार संक्रमण देखिएका अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

Continue Reading

Banner

इटहरीमा कर्मचारीलाई काेराेना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द

Published

on

विराटचाेक:  योजना शाखामा कार्यरत इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसंगै इटहरी उपमहानगरपालिकाका सम्पूर्ण शाखा सहित २० वटै वडा कार्यलयबाट हुदै आएकाे सेवा बन्द गरिएकाे छ । सङ्क्रमित व्यक्तिकाे ट्राभल हिस्ट्रि नभएको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै बिहान बसेको उपमहानगरको आकस्मिक बैठकले सबै वडा कार्यालयबा दिइने सेवाहरू पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहको स्वाव परीक्षण गरेर आउने रिपोर्टको आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख लक्ष्मी गौतमले बताइन् । यस्तै  बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्नुका साथै पसल, होटल लगायतका व्यावसायहरूको स्वास्थ अवस्थालाइ मध्यनजर गरेर मात्र खोल्न दिइने भएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक