Connect with us
Advertisement

पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याइन्छः पर्यटन मन्त्री भट्टराई

Published

on

विराटचोकः राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै रहेकोमा १५ औं पञ्चवर्षीय योजनामा त्यसलाई बढाएर १० प्रतिशत पुर्याइने सङ्घीय पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

विश्व सिमसार दिवसको अवसरमा आयोजित सिमसार महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको हसिना सिमसार क्षेत्र संरक्षण र पर्यटन विकास संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीय तहले सिमसारबाट जतिसक्दो बढी फाइदा लिनुपर्ने उनले बताए ।

१५ हजार किलोमिटर क्षेत्र पार गरी साइबेरियादेखि नेपालका सिमसारमा चरा आउने उल्लेख गर्दै उनले पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसलाई उपयोग गर्न नसकिएको बताए । सिमसार र तालतलैयालाई मात्रै जोगाउन सके तराईको तापक्रम ४ डिग्री सेन्टिग्रेड घट्ने पनि उनले उल्लेख गरे ।

कार्यक्रममा आयोजकले हस्तान्तरण गरेको हसिनाको विकासको लागि तयार पारिएको विस्तृत परियोजना डीपीआर ग्रहण गर्दै भट्टराईले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गरे ।

महोत्सव मूल समारोह समितिका संयोजक ज्ञानेन्द्र ओझाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कविराज राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष घनश्याम न्यौपाने, सुन्दरहरैंचाको वडा नम्बर ५ का अध्यक्ष रामप्रसाद रिजाल, सङ्घीय सांसद लालबाबु पण्डितलगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा धरानको गरिमा डान्स सेन्टरका साथै स्थानीय कलाकारले गीत तथा नृत्य र दोहोरी प्रस्तुत गरेका थिए । महोत्सवको उद्घाटन पूर्व विभिन्न जनजातिको झाँकी प्रस्तुत गरिएको थियो ।

आज विश्व सिमसार दिवस

 

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बिहार चुनावमा एनडीएको दबदबा,महागठबन्धन धरासायी

Published

on

भारतको बिहार राज्यमा जारी विधानसभा चुनावको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडीयू) नेतृत्वको एनडीए गठबन्धनले दुई सयभन्दा बढी सिटमा अग्रता बनाउँदै ऐतिहासिक जिततर्फ अघि बढेको छ।

अन्तरिम नतिजाअनुसार एनडीए गठबन्धन बलियो स्थितिमा छ भने राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेससहितको महागठबन्धनले निराशाजनक परिणाम ल्याइरहेको छ। महागठबन्धन अहिले मात्र २८ सिटमा अगाडि देखिएको छ।

कुन दल कति अघि ?

  • भाजपा : ९५ सिटमा अग्रता

  • जेडीयू : ८४ सिटमा अग्रता

  • लोजपा : १९ सिटमा अग्रता

  • आरजेडी : २४ सिटमा अग्रता

  • कांग्रेस : २ सिटमा मात्र अग्रता

  • CPI(ML) : १ सिटमा अग्रता

जेडीयू र भाजपाले १०१–१०१ सिटमा चुनाव लडेका थिए। अन्तिम नतिजा यस्तै रहेमा भाजपा अघिल्लो निर्वाचनभन्दा २१ सिट बढीजेडीयूले ४१ सिट थप्ने सम्भावना देखिन्छ।

महागठबन्धनको ठूलो क्षति

अघिल्लो चुनावको तुलनामा—

  • आरजेडीले ५१ सिट

  • कांग्रेसले १७ सिट
    गुमाउने प्रक्षेपण देखिएको छ।

Continue Reading

Banner

हिँडौ केराबारीले अभियानमा जोड्दै पदयात्रीहरू

Published

on

 

मोरङको केराबारी गाउँपालिकामा रहेको केराबारी हाईकर्सको आयोजनामा पर्यटन स्वास्थ्य र साहित्यको प्रबर्धनका लागि नियमित हुने पदयत्रामा स्थानियको उल्लेख्य सहभागिता हुने गरेको छ ।

गतवर्षको तिहारदेखि सुरु भएको पदयात्रामा स्थानियका साथै अन्य ठाउँबाट समेत पदयात्रीहरू पदयात्रामा सहभागि हुन आउन थालेका छन । उत्तरि मोरङको तराई र पहाडी भूभागमा अवस्थित केराबारी गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु रहेका छन् । केराबारीको वडा नं. १,२,४ वार्ड पूर्णरुपमा पहाडी भूभागमा पर्छन् भने अन्य तराई र पहाडमा पर्छन् ।पहाडको जेफाले याङ्सिला, पाटिगाउँमा यो गर्मिको मौसममा समेत चिसो हावापानी भएकाले पर्यटकको रोजाईमा पर्ने गरेका छन् । पर्यटन प्रबर्धनका लागि केराबारी हाईकर्शको आयोजना अहिलेसम्म विभिन्न ७ स्थानमा पदयात्रा सम्पन्न गरिएको छ ।

केराबारी राङ्चासम्मको यात्राबाट सुरुभएको अभियान, समला झोलुङेपुल, केराबारी मुख्यचोक, लामिडाडा माथिल्लो हचुवा, केराबारी श्रम अभियान वार्ड नं ५, पाथिभरा पन्चकन्या शाहिडाडा, र केराबरी हुदै लेटाङको राजारानी सम्मको पदयात्रा सम्पन्न भैसकेको छ । यो अभियानमा जोडीएर सँगै पदयात्रा गर्नका लागि पथरी बिराटनगरबाट समेत पदयात्रीहरू आउनुभएको केराबारी हाईकर्शका संयोजक गोकुल थापाले बताउनुभयो । स्थानिय पर्यटन प्रवर्द्धनका साथै केराबारीलाई अन्य स्थानमा चिनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानिय सरकारको सधैँ साथ रहने केराबरी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ले बताउनुभयो ।

Continue Reading

Banner

कोशीको लगानी सम्मेलन आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Published

on

कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।

लगानी सम्मेलनमा  सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।

पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।

लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।

सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक