पर्यटन
पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याइन्छः पर्यटन मन्त्री भट्टराई
विराटचोकः राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै रहेकोमा १५ औं पञ्चवर्षीय योजनामा त्यसलाई बढाएर १० प्रतिशत पुर्याइने सङ्घीय पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताएका छन् ।
विश्व सिमसार दिवसको अवसरमा आयोजित सिमसार महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको हसिना सिमसार क्षेत्र संरक्षण र पर्यटन विकास संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीय तहले सिमसारबाट जतिसक्दो बढी फाइदा लिनुपर्ने उनले बताए ।
१५ हजार किलोमिटर क्षेत्र पार गरी साइबेरियादेखि नेपालका सिमसारमा चरा आउने उल्लेख गर्दै उनले पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसलाई उपयोग गर्न नसकिएको बताए । सिमसार र तालतलैयालाई मात्रै जोगाउन सके तराईको तापक्रम ४ डिग्री सेन्टिग्रेड घट्ने पनि उनले उल्लेख गरे ।
कार्यक्रममा आयोजकले हस्तान्तरण गरेको हसिनाको विकासको लागि तयार पारिएको विस्तृत परियोजना डीपीआर ग्रहण गर्दै भट्टराईले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गरे ।
महोत्सव मूल समारोह समितिका संयोजक ज्ञानेन्द्र ओझाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कविराज राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष घनश्याम न्यौपाने, सुन्दरहरैंचाको वडा नम्बर ५ का अध्यक्ष रामप्रसाद रिजाल, सङ्घीय सांसद लालबाबु पण्डितलगायतले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा धरानको गरिमा डान्स सेन्टरका साथै स्थानीय कलाकारले गीत तथा नृत्य र दोहोरी प्रस्तुत गरेका थिए । महोत्सवको उद्घाटन पूर्व विभिन्न जनजातिको झाँकी प्रस्तुत गरिएको थियो ।

Facebook Comment
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
Banner
बिहार चुनावमा एनडीएको दबदबा,महागठबन्धन धरासायी
भारतको बिहार राज्यमा जारी विधानसभा चुनावको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडीयू) नेतृत्वको एनडीए गठबन्धनले दुई सयभन्दा बढी सिटमा अग्रता बनाउँदै ऐतिहासिक जिततर्फ अघि बढेको छ।
अन्तरिम नतिजाअनुसार एनडीए गठबन्धन बलियो स्थितिमा छ भने राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेससहितको महागठबन्धनले निराशाजनक परिणाम ल्याइरहेको छ। महागठबन्धन अहिले मात्र २८ सिटमा अगाडि देखिएको छ।
कुन दल कति अघि ?
-
भाजपा : ९५ सिटमा अग्रता
-
जेडीयू : ८४ सिटमा अग्रता
-
लोजपा : १९ सिटमा अग्रता
-
आरजेडी : २४ सिटमा अग्रता
-
कांग्रेस : २ सिटमा मात्र अग्रता
-
CPI(ML) : १ सिटमा अग्रता
जेडीयू र भाजपाले १०१–१०१ सिटमा चुनाव लडेका थिए। अन्तिम नतिजा यस्तै रहेमा भाजपा अघिल्लो निर्वाचनभन्दा २१ सिट बढी र जेडीयूले ४१ सिट थप्ने सम्भावना देखिन्छ।
महागठबन्धनको ठूलो क्षति
अघिल्लो चुनावको तुलनामा—
-
आरजेडीले ५१ सिट
-
कांग्रेसले १७ सिट
गुमाउने प्रक्षेपण देखिएको छ।
Banner
हिँडौ केराबारीले अभियानमा जोड्दै पदयात्रीहरू
मोरङको केराबारी गाउँपालिकामा रहेको केराबारी हाईकर्सको आयोजनामा पर्यटन स्वास्थ्य र साहित्यको प्रबर्धनका लागि नियमित हुने पदयत्रामा स्थानियको उल्लेख्य सहभागिता हुने गरेको छ ।
गतवर्षको तिहारदेखि सुरु भएको पदयात्रामा स्थानियका साथै अन्य ठाउँबाट समेत पदयात्रीहरू पदयात्रामा सहभागि हुन आउन थालेका छन । उत्तरि मोरङको तराई र पहाडी भूभागमा अवस्थित केराबारी गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु रहेका छन् । केराबारीको वडा नं. १,२,४ वार्ड पूर्णरुपमा पहाडी भूभागमा पर्छन् भने अन्य तराई र पहाडमा पर्छन् ।पहाडको जेफाले याङ्सिला, पाटिगाउँमा यो गर्मिको मौसममा समेत चिसो हावापानी भएकाले पर्यटकको रोजाईमा पर्ने गरेका छन् । पर्यटन प्रबर्धनका लागि केराबारी हाईकर्शको आयोजना अहिलेसम्म विभिन्न ७ स्थानमा पदयात्रा सम्पन्न गरिएको छ ।
केराबारी राङ्चासम्मको यात्राबाट सुरुभएको अभियान, समला झोलुङेपुल, केराबारी मुख्यचोक, लामिडाडा माथिल्लो हचुवा, केराबारी श्रम अभियान वार्ड नं ५, पाथिभरा पन्चकन्या शाहिडाडा, र केराबरी हुदै लेटाङको राजारानी सम्मको पदयात्रा सम्पन्न भैसकेको छ । यो अभियानमा जोडीएर सँगै पदयात्रा गर्नका लागि पथरी बिराटनगरबाट समेत पदयात्रीहरू आउनुभएको केराबारी हाईकर्शका संयोजक गोकुल थापाले बताउनुभयो । स्थानिय पर्यटन प्रवर्द्धनका साथै केराबारीलाई अन्य स्थानमा चिनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानिय सरकारको सधैँ साथ रहने केराबरी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ले बताउनुभयो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login