समाचार
एक रूपैयाँ कप चिया बेचेर १ लाख ८५ हजार संकलन
विराटचोक : चितवनमा निर्माण भइरहेको गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे सहयाेगार्थ एक रूपैयाँ कप चिया बेचेर माेरङका युवाले सहयोग रकम जुटाएका छन् । माेरङ सुन्दरहरैचा नगरपालिकामा रहेको यमबुद्ध क्रिकेट क्लबले सात दिन सम्म संचालन गरेको एक रूपैयाँ कप चिया अभियानमा १ लाख ८५ हजार १ सय ३९ रूपैयाँ सङ्कलन भएको क्लबका सचिव अाशिष अाचार्यले बताए ।

माघ १२ देखि १८ गतेसम्म बिराटचाेक, खाेर्साने, सलकपुर लगायत ठाउँमा एक रूपैयाँ कप चिया अभियान संचालन भएको थियो । उक्त अभियानमा जनप्रतिनिधि, कर्मचारी, खेलाडी, राजनीतिक दलका प्रतिनिधि, युवा, बालबालिका मात्र नभएर बृद्धअबश्थाका सचेत नागरिकले समेत सहयोग गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लाइ सहयोगका लागि सङ्कलित रकमकाे खर्च कटाएर बचेको १ लाख ७६ हजार ३ सय ४ रूपैयाँ यहि साता निर्माण भईरहेकाे स्थानमा नै पुगेर हस्तान्तरण गर्ने यमबुद्ध क्रिकेट क्लवका अध्यक्ष सेवन्त खतिवडाले बताए । अध्यक्ष खतिवडाका अनुसार क्लबका सदस्यले रकम हस्तान्तरण संगै निर्माण भइरहेको स्थानमा पुगेर श्रमदान समेत गर्ने तयारी गरेको छ ।

यसरी ठुलो मात्रमा सहयोग रकम जुट्नुले खेलमा कुनै खास उमेर समूह मात्र नभए र सबैकाे चासाे र खेल प्रति लगाव भएको प्रष्ट देखिन थालेको छ ।

पछिल्लाे दिन स्वाद होटल, हाल पोल्याण्डमा रहनु हुने सुन्दरहरैचा १० निवासी सरोज बुढाथोकी, हाल कोरियामा रहनु हुने सुन्दरहरैचा ०९ निवासी प्रतीक आचार्य, हाल अस्ट्रेलियामा रहनु हुने सुन्दरहरैचा ०८ निवासी सन्जय पराजुली, हाल जापनमा रहदै आउनु भएका सुन्दरहरैचा ०८ निवासी सुजन सुवेदी, सन्तोश बान्तवा,जीवन खतिवडा, युबेन गुरुङ लगायतका ब्यक्तित्वको सहयोग रहेको अध्यक्ष खतिवडाले बताए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login