Connect with us
Advertisement
Advertisement

सौराहामा माघ २८ गतेदेखि खाना महोत्सव

Published

on

चितवनः भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी चितवनको सौराहामा माघ २८ गतेदेखि खाना महोत्सव गरिने भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै खानाको स्वाद दिन महोत्सव आयोजना गर्न लागिएको आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) ले जनाएको छ ।

सौराहाको सिसुवार खेलमैदानमा महोत्सवको १४ औँ संस्करण हुन लागेको हो । स्थानीय कला, संस्कृति, वेषभूषाको जगेर्नाका लागि महोत्सव केन्द्रित रहने रेवानका अध्यक्ष दीपेन्द्र खतिवडा बताउँछन् । महोत्सव अवधिभर सौराहाको राप्ती तटबन्धनको ड्यामदेखि महोत्सवस्थलसम्म विविध झाँकी प्रस्तुत गरिने पनि उनले बताए । खेलकुद कार्यक्रम, प्रेमपत्र लेखन प्रतियोगिता, सडक नाटक आयोजना गरिने महोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवका संयोजक ध्रुव गिरीले जनाए ।

फागुन २ गते प्रेम दिवसको दिन टिकटको व्यवस्था गरिए पनि अन्य दिन निःशुल्क प्रवेशको व्यवस्था हुने बताइएको छ । टिकटबाट सङ्कलित रकममध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ । झण्डै २ करोड ५० लाखको कारोबार हुने अनुमान गरिएको महोत्सवमा दैनिक २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

रेवानमा आबद्ध ५६ रेष्टुरेण्टमा १५, होटलमा ३० र साना पर्यटन व्यवसायमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विदेशबाट नेपालीको उद्धार गर्ने ३ जना पाइलटमा कोरोना संक्रमण, मन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

Published

on

काठमाडौंः विदेशमा उद्धारको पर्खाइमा रहेका यात्रुलाई लिन गएका ३ जना पाइलटमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै नेपाल वायु सेवा निगमका पाइलट भएको बताइएको छ ।

उनीहरु सबै होटल क्वारेन्टिनमा रहेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ट्वीटमार्फत् उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Continue Reading

पर्यटन

कञ्चनजंघामा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको निधन

Published

on

विराटचोकः विश्वको तेस्रो शिखर कञ्चनजंघा पहिलो पटक आरोहण गर्ने जोइ ब्राउनको ८९ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

ब्राउनसँगै जर्ज ब्याण्डले ११ जेठ २०१२ मा कञ्चनजंघाको आरोहण गरेका थिए । अर्का आरोही ब्याण्डको सन् २०११ अगस्ट २६ मा निधन भएको थियो ।

बेलायतको वेल्स राज्यको लियानबेरिज गाउँमा जोइको निधन भएको हो । नेपालको कञ्चनजंघाको आरोहण गर्ने आरोहीको बारेमा पहिलो पटक नेपाली मिडियामा अन्तर्वार्ता लिने क्रममा रहेको बेला भएको उनको निधनले आफूलाई मर्माहत बनाएको पर्यटन पत्रकार विराट अनुपमले बताएका छन् ।

उनको निधनले कञ्चनजंघा गाथा नेपाली समाजमा सुनाउने लक्ष्य पूरा नभएको अनुपमले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

Continue Reading

पर्यटन

कालीखोलाः बजारभित्रै मूल भएको पोखरी

Published

on

विराटचोकः अहिले देशमा ‘लकडाउन’ छ । घुमफिर गर्न त के एउटा घरबाट अर्काे घरमा निस्कन पनि पाइँदैन । सबैतिर कोरोनाको सङ्क्रमणको त्रास छ । यस्तो अवस्थामा हरेक समाचार पनि कोरोनासँग सम्बन्धित मात्रै छन् ।

यही बीचमा स्वास्थ्यभन्दा फरक सामग्री यहाँ प्रस्तुत गरिएको छ । यो सामग्री अध्ययन गरी कोरोनाको सङ्क्रमणको त्रासपछि यस्ता पर्यटकीय क्षेत्रको भ्रमण गरी मन बहलाउन सकिन्छ । त्यसै क्रममा सुन्दरहरैंचाको विराटचोक बजारमा रहेको कालीखोला पोखरीको बारेमा यहाँ पाठ्यसामग्री प्रस्तुत गरिएको छ ।

हजारौँ बिघा जमिनमा सिँचाइ हुने गरी बजारभित्रै पानी उम्रिएको एक पोखरी हो कालीखोला पोखरी । २००८ सालमा देवी स्थापना गरी यहाँ पूजा गरिँदै आएको छ । अहिले २ परिवार बसेर दैनिक पूजा गर्दै आएका छन् ।

देवीसँग कुस्ती खेलेको अनुभव रहेका स्थानीय बनुलाल चौधरी कालीखोला क्षेत्रमा साक्षात् भगवान् अर्थात् देवीको रूप देखा पर्ने बताउँछन् । चौधरी २०३७ सालतिर खेती गर्न हाल रहेको पोखरीको उत्तरतर्फको जग्गामा जाने गरेका थिए ।

काम सकेर मध्याह्न्नको समयमा खाना खान घर जाँदा बाटोमा बच्चाजस्तो देवीको रूप अगाडि देखा परेको बताउँदै देवी देखा परेपछि आफूमाथि आइलागेको र देवीसँग कुस्ती खेलेको उनी सुनाउँछन् । सो क्षेत्रमा कसैले फोहोर गरे आफू मुर्छा पर्ने, बेहोस हुने, गरेको समेत उनले सुनाए । कसैले नराम्रो गरेमा देवी प्रकट भई सचेत गराउने गरेको र आफूले पनि कुनै नौलो फल पाउँदा नयाँ वर्षमा देवी थानमा चढाउने गरेको उनले बताए ।

पहिले सफा, पानी भएकाले यस क्षेत्रका मानिसले त्यहाँको पानी प्रयोग गर्दथे । त्यसबेलामा थोरै घर भएकाले पिउने पानीको स्रोत भनेको त्यो पोखरी नै भएको स्थानीय बताउँछन् । साक्षात् भगवान भएको क्षेत्रमा अहिले फोहोरको डङ्गुर थुप्रिँदा त्यस क्षेत्रमा जाँदा नराम्रो लागेको समेत देवीसँग कुस्ती खेल्ने चौधरी बताउँछन् ।

विभिन्न व्यक्ति सङ्घ संस्थाको सहयोगमा यस आसपास कालीमन्दिर, शिव, गणेश राधाकृष्ण, भीमसेनलगायत विभिन्न देवदेवीको मन्दिर रहेका छन् ।
२०६० सालदेखि यस क्षेत्रमा प्रत्येक वर्ष माघे संक्रान्ति पर्वका अवसरमा एक दिन मेला लाग्ने गरेको मंगल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । शुरुका दिनमा पटुवाको खाडीमा ६ ओटा पाइपको धाराबाट शुरु गरिएको मकर स्नान मेला क्षेत्रमा हाल २६ लाख रुपैयाँको सरकारी सहयोगमा निर्माण गरिएका ९ ओटा आकर्षक धारा रहेका छन् ।

एक दिन लाग्ने मेला भए पनि सबै जातजातिका संस्कृति झल्कने झाँकी, भजन कीर्तनका साथमा सांस्कृतिक कार्यक्रम गरेर भव्य रूपमा मेला लाग्ने गरेको छ । जलाशय क्षेत्र भएकाले यहाँ प्रत्येक वर्ष छठ पूजा पनि हुन्छ ।

पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने
यस पोखरीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके आयआर्जनसँगै यो ठाउँको पहिचानलाई देशभर चिनाउन सकिने सम्भावना देखिन्छ । यो ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समितिका अध्यक्ष शिवप्रसाद दाहाल बताउँछन् ।

हाल निर्माण भएको पोखरी २०७२ सालको भूकम्पपछि सुकेको थियो । गत चैतमा पर्यटन बोर्डबाट १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमा ठेक्का लागेको ९२ लाखको पनि ५५ प्रतिशत मात्र खर्च भएको थियो । सो खर्चमा पोखरी वरिपरी घेराबारा, एउटा किचन निर्माण र मंगलस्मृति प्रतिष्ठानको अगाडि प्रशासनिक भवनको फाउण्डेसन निर्माण गरिएको छ ।
नौधारा दक्षिणको पोखरीलाई फराकिलो पार्ने र बनेको पोखरीभित्र संरचना बनाउने काम भएको छ । यस्तै, एउटा बोरिङसमेत गाडिएको छ । अहिलो पोखरीमा कमलको फूल हेर्न मानिसहरू आउने गर्दछन् ।

नौधाराको दक्षिणतर्फ ठूलो जलाशय क्षेत्र रहेको छ । यस क्षेत्रमा सुन्दर पोखरी निर्माण गर्न सके अनि माछापालन गर्न सके आन्तरिक पर्यटकलाई बोटिङका लागि तान्न सकिने सम्भावना छ ।
बस्तीसँगै विभिन्न सामुदायिक भवन तथा धार्मिक मन्दिरहरू निर्माण हँुदा मेलास्थल साँघुरिँदै गएको छ । करीब २ बिघा ९ कठ्ठा जग्गा रहेको भए पनि संरचना निर्माणले गर्दा खुला क्षेत्रको अभाव बढ्दै गएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक