Connect with us
Advertisement
Advertisement

छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यू

Published

on

विराटचोक :  मोरङको सुन्दरहरैचा नगरपालिका १० जरुवामा प्रदेश नम्बर १–०२–००१ ख ८१०९ नम्बरको टिप्परले साइकल यात्रीलाई ठक्कर दिएको हो । टिप्परको ठक्करबाट घाइते भएका स्थानीय ४७ वर्षीय बाबुराम कार्कीको उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यस्तै उर्लाबारीमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको ज्यान गएको छ । उर्लाबारी नगरपालिका १ को कान्छी चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिँदा बालिकाको ज्यान गएको हो ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

प्रदेश नं. १

कानेपोखरी कांग्रेसले दियो २६० परिवारलाई राहत

Published

on

विराटचोकः नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ समितिले सोमबार वडा नम्बर २ का २ सय ६० परिवारलाई राहत वितरण गरेको छ ।

बन्दाबन्दीले विपन्न र दैनिक रोजगारी गरी जीविकोपार्जन गर्ने परिवारलाई हातमुख जोर्न समस्या भएकाले राहत वितरण गरिएको बताइएको छ । वडा नम्बर २ को कालीस्थान, कालीकोशी टोल, दलेली र केरौन चोकमा राहत वितरण गरिएको थियो । राहतमा १५ किलो चामल, १ किलो दाल, आधा लिटर तेल, १ किलो नुन र एउटा नुहाउने साबुन वितरण गरिएको थियो ।

राहतका लागि स्थानीय नेता तथा कार्यकर्ताले रकम संकलन गरेको नेवि सङ्घका नेता फणिन्द्र निरौलाले बताए । संघीय सांसद डाक्टर मीनेन्द्रप्रसाद रिजाल र कांग्रेस महासमिति सदस्य डाक्टर सुनिल शर्माले पनि सहयोग गरेको बताइएको छ । यस अघि वडा नं. ४, ५, ६ र ७ मा नेपाली कांग्रेसले राहत वितरण गरेको थियो ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिवद्वय नागेश कोइराला र मोदराज घिमिरे, महासमिति सदस्य जयराज संयोक र गाउँ सभापति योगेन्द्र दाहाल लगायत उपस्थित थिए ।

Continue Reading

Banner

धरानमा उपचाररत् १८ जना कोरोना संक्रमित डिस्चार्ज

Published

on

विराटचोकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका १८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनीहरु सोमबार साँझ डिस्चार्ज भएका हुन् । प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठका अनुसार उनीहरुमध्ये झापाका १७ जना पुरुष र सुनसरीकी १ जना महिला रहेका छन् ।

उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा।गौरीशंकर साहलगायतले बिदाइ गरेका थिए । उनीहरूलाई पुष्पगुच्छा दिएर बिदाइ गरिएको थियो । अब धरानमा ८० जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबै झापाका हुन् ।

Continue Reading

प्रदेश नं. १

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

Published

on

विराटचोकः रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती भन्ने स्थानमा गत जेठ १० गत मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि केराबारीमा र्याली निकालिएको छ । भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै मोरङको केराबारीमा र्याली निकालिएको छ । अन्तरजातीय प्रेमबाट सिर्जित घटनाको विरोध गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ केराबारीले र्याली निकालेको हो ।


जाजरकोटका नवराज बिक तथा रुकुमको चौरजहारीकी मल्ल थरकी युवतीबीच प्रेम सम्बन्ध रहेको र सो सम्बन्धलाई विवाहमा परिणत गर्न नवराज साथीसहित प्रेमिकाको घर गएका थिए । तर नवराजलाई जातीय गालीगलौजसहित अपमान गरी गाउँले र वडाध्यक्षसहित मिली लखेटेर कुटपिट गरेका थिए ।
हत्याकाण्ड सम्पुर्ण दोषीहरूलाई कडा कार्वाहीको माग राख्दै मंगलबार नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ मार्फत केराबारी बजारमा विरोध र्याली गरी केराबारी गाउँपालिका मार्फत गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाइएको नेपाल दलित संघ केराबारीका अध्यक्ष सरु सुनामले बताए

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक