Connect with us
Advertisement

अपराध तथा सुरक्षा विषयक तालीम इटहरीमा शुरु

Published

on

इटहरीः हेल्पिङ युथ सुनसरी र रिफ्रेस मिडिया प्रालिको नेटवर्कको आयोजनामा इटहरीमा अपराध तथा सुरक्षा विषयक पत्रकारिता तालीम सोमबार शुरु भएको छ ।

तालीमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवाले सुरक्षा र अपराध विपरीत तत्व भए पनि सँगै जोडिएर आउने बताए । ‘सुरक्षा दिँदादिँदै अपराध हुन्छ’, उनले भने, ‘त्यसपछि अपराध न्यूनीकरण गर्ने क्रममा सुरक्षाको आवश्यकता पर्दछ ।’ तीनै तहका सरकारसँग मिलेर यस्ता तालीमको आयोजना भइरहनुपर्ने उनको भनाइ थियो ।

विशेष अतिथि प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपराध तथा सुरक्षासम्बन्धी समाचार लेख्दा धेरै कुरा ध्यान दिनुपर्ने बताए । व्यक्तिगत स्वतन्त्रता, सामाजिक दायित्व र संवेदनाप्रति सचेत हुनुपर्छ’, ज्ञवालीले भने, ‘कहिलेकाहीँ समाचारले भन्दा त्यससँग सम्बन्धित तस्बिर र भिडियोले बढी हिंसा निम्त्याउन सक्छ ।’ सत्यले असत्य जन्माउन सक्ने हुनाले अपराधसम्बन्धी अडियो र भिडियो तत्काल बाहिर ल्याउन नहुने तथा कतिपय अवस्थामा समाचार प्रकाशन गर्नै नहुने उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख यज्ञविनोद पोखरेल, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का तथा पत्रकार धनबहादुर पुरी र राजन केडीले पनि आफ्नो धारणा राखेका थिए ।

रिफ्रेस मिडिया नेटवर्कका अध्यक्ष मनोज भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हेल्पिङ युथका अध्यक्ष विकल पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । त्रिलोचन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथिा कानुन मन्त्रालयको सहकार्यमा भएको तालीममा इटहरी उपमहानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र हरिनगर गाउँपालिका सहयोगी संस्थाको रुपमा रहेका छन् ।

३ दिनसम्म चल्ने तालीमको पहिलो दिन जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी र पूर्व डिआईजी केशबहादुर शाहीले सहजीकरण गरेका थिए । तालीममा प्रदेश नम्बर १ का ४० जना सञ्चारकर्मी सहभागी छन् ।

   

Continue Reading

Facebook Comment

11 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जेनजी आन्दोलनको आडमा यातायात विभाग ध्वस्त : सर्भर, ८ लाख नम्बर प्लेट र हजारौँ लाइसेन्स खरानी

Published

on

 मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनी र तोडफोडले विभागको सूचना प्रविधि प्रणालीसहितको भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।

विभागका सूचना अधिकारी गणेशमान सिंहका अनुसार आगलागीबाट केन्द्रीय सर्भर कक्ष, लाइसेन्स छपाइ मसिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन प्लान्ट र आठ लाखभन्दा बढी नम्बर प्लेट पूर्ण रूपमा जलेर खरानी भएका छन् । साथै, झण्डै २० हजार स्मार्ट ड्राइभिङ लाइसेन्स र हजारौँ कार्डहरू समेत नष्ट भएका छन् ।

“फायरप्रुफ ढोका तोडेर भित्र प्रवेश गरी सर्भरमा आगजनी गरिएको हो । सर्भर, हार्डडिस्क र अन्य उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट १२–१५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,” सिंहले बताए ।

लाइसेन्स छपाइ गर्ने करिब ७–८ करोड रुपैयाँ लागतको मेशिनसमेत जलेको छ । यो मर्मत गर्न सकिने भए १५–२० दिनभित्र सेवा सुरु गर्ने सम्भावना छ भने नयाँ खरिद गर्नुपर्ने अवस्थामा दुई–तीन महिना लाग्नेछ ।

त्यस्तै, विभागभित्रको नम्बर प्लेट उत्पादन फ्याक्ट्री र तयारी अवस्थामा रहेका ८ लाख इम्बोस्ड नम्बर प्लेट जलेर खरानी भएपछि १ असोजदेखि अनिवार्य गर्ने भनिएको नम्बर प्लेट जडानको योजना अनिश्चितकालका लागि रोकिएको छ ।

केन्द्रीय सर्भर ध्वस्त भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, सवारीसाधन दर्ता (VRS), इम्बोस्ड नम्बर प्लेट जडान लगायतका सम्पूर्ण अनलाइन सेवा देशभर ठप्प भएका छन् ।

अधिकारी सिंहका अनुसार उपकरण आंशिक रूपमा प्रयोगयोग्य भए दशैं–तिहारबीच सेवा सुरु गर्ने प्रयास हुनेछ । तर, पूर्ण रूपमा नष्ट भएको खण्डमा नयाँ उपकरण ल्याउन विदेशी खरिद प्रक्रिया र प्राविधिक सहयोग आवश्यक पर्ने भएकाले कम्तीमा दुई–तीन महिना समय लाग्नेछ ।

Continue Reading

Banner

झापामा जङ्गली हात्ती मृत फेला

Published

on

झापा – झापाको मेचीनगर नगरपालिका–१, देवीगञ्जस्थित धान खेतमा शनिबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मृत हात्ती वयस्क पोथी हो। पोस्टमार्टमको तयारी भइरहेको र मृत्युको कारण परीक्षणपछि मात्र स्पष्ट हुने उनले बताए।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार मृत हात्ती करिब २२ वर्ष उमेरको थियो। उनका अनुसार हिजो बेलुका सो क्षेत्रमा भारततर्फबाट १२ वटा हात्ती प्रवेश गरेको जानकारी प्राप्त भएको थियो। आज बिहान भने तीमध्ये एक मृतावस्थामा भेटिएको हो।

वन कार्यालयको टोली घटनास्थलमा पुगेको छ भने मृत हात्तीको मृत्युको कारणबारे पोस्टमार्टमपछि मात्र निश्चित जानकारी आउने वन कार्यालयले जनाएको छ।

Continue Reading

Banner

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

Published

on

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव  चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो । २३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो । अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक