अपराध
अपराध तथा सुरक्षा विषयक तालीम इटहरीमा शुरु
इटहरीः हेल्पिङ युथ सुनसरी र रिफ्रेस मिडिया प्रालिको नेटवर्कको आयोजनामा इटहरीमा अपराध तथा सुरक्षा विषयक पत्रकारिता तालीम सोमबार शुरु भएको छ ।
तालीमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवाले सुरक्षा र अपराध विपरीत तत्व भए पनि सँगै जोडिएर आउने बताए । ‘सुरक्षा दिँदादिँदै अपराध हुन्छ’, उनले भने, ‘त्यसपछि अपराध न्यूनीकरण गर्ने क्रममा सुरक्षाको आवश्यकता पर्दछ ।’ तीनै तहका सरकारसँग मिलेर यस्ता तालीमको आयोजना भइरहनुपर्ने उनको भनाइ थियो ।
विशेष अतिथि प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपराध तथा सुरक्षासम्बन्धी समाचार लेख्दा धेरै कुरा ध्यान दिनुपर्ने बताए । व्यक्तिगत स्वतन्त्रता, सामाजिक दायित्व र संवेदनाप्रति सचेत हुनुपर्छ’, ज्ञवालीले भने, ‘कहिलेकाहीँ समाचारले भन्दा त्यससँग सम्बन्धित तस्बिर र भिडियोले बढी हिंसा निम्त्याउन सक्छ ।’ सत्यले असत्य जन्माउन सक्ने हुनाले अपराधसम्बन्धी अडियो र भिडियो तत्काल बाहिर ल्याउन नहुने तथा कतिपय अवस्थामा समाचार प्रकाशन गर्नै नहुने उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख यज्ञविनोद पोखरेल, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का तथा पत्रकार धनबहादुर पुरी र राजन केडीले पनि आफ्नो धारणा राखेका थिए ।
रिफ्रेस मिडिया नेटवर्कका अध्यक्ष मनोज भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हेल्पिङ युथका अध्यक्ष विकल पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । त्रिलोचन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथिा कानुन मन्त्रालयको सहकार्यमा भएको तालीममा इटहरी उपमहानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र हरिनगर गाउँपालिका सहयोगी संस्थाको रुपमा रहेका छन् ।
३ दिनसम्म चल्ने तालीमको पहिलो दिन जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी र पूर्व डिआईजी केशबहादुर शाहीले सहजीकरण गरेका थिए । तालीममा प्रदेश नम्बर १ का ४० जना सञ्चारकर्मी सहभागी छन् ।

Facebook Comment
Banner
काम छोडेर निर्माण व्यवसायीहरू आन्दोलनमा
नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएका छन् । इन्धनलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले धर्ना दिएका हुन् ।
व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महासङ्घका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो ।
उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम सङ्कटमा परेकाले बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ ।
‘काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आउँदाे बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ । आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति आपत्ति छ’, उहाँले भन्नुभयाे ।
महासचिव घिमिरेका अनुसार महासङ्घले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम तय गरिसकेको छ ।
इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डन्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ ।
Banner
बालेन र रविलाई गाली गरेर भिडिओ बनाएका युट्युबर पक्राउ
सामाजिक सञ्जालमार्फत सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन पोखरेललाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भिडियो सामग्री सार्वजनिक गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतमाथि अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।
प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम तथा युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गर्दै आएका थिए। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै साइबर अपराधसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
Banner
त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ
प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान, अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर, खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा र सिरहाका लडा मिया रहेका छन् । यस्तै, मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी छन्। एसपी भट्टराईका अनुसार उनीहरुले विमानस्थल क्षेत्रमा यात्रुहरुलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारी आफ्नो सम्पर्कको होटलमा लगिदिने, होटल तथा यात्रुबाट कमिसन लिने, यात्रुसँग अभद्र व्यवहार गर्ने गरेको आरोप छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login