Connect with us
Advertisement
Advertisement

मझेरीको दोस्रो वार्षिकोत्सव सम्पन्न

Published

on

इटहरीः इटहरी २ आपँगाछीमा रहेको मझेरी रेस्टुरेन्टले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

रबिन बस्नेत, गोबिन्द आचार्य, आभाष सिवाकोटी र प्रकाश बस्नेतको संयुक्त लगानी रहेको रेस्रेस्टुरेन्टले छोटो अवधिमा ग्राहकको मन जित्न सकेको सञ्चालक सिवाकोटीले बताए ।

सो रेस्टुरेन्टले अहिले २४ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको सञ्चालक आचार्य बताउँछन् । अबको केही समयमा मझेरी रेस्टुरेन्ट बेकरी क्याफे संचालनमा ल्याउने तयारी गरिएको पनि उनले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल, होटल व्यवसायी सङ्घका इटहरीका अध्यक्ष जीवन पराजुली, गोरखा डिपार्टमेन्ट स्टोरमा सञ्चालक बलराम आचार्य लगायत उपस्थित थिए ।

इटहरी क्षेत्रमा पारिवारिक, शान्त र सुन्दर वातावरण भएको हुनाले रेस्टुरेन्ट सबैको रोजाइमा पर्ने गरेको सञ्चालको भनाइ छ ।

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

अर्थ

स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री

Published

on

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।

सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’

Continue Reading

Banner

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Published

on

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Banner

यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत

Published

on

सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।

कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।

यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत  शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व  रहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक