Connect with us
Advertisement

माघ २४ र २५ मा इलाममा दक्षिण एशियाली दलित जनप्रतिनिधि भेला हुने

Published

on

इलामः दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ माघ २४ र २५ गते इलाममा हुने भएको छ ।

आयोजकका अनुसार प्रदेशका करिब ३ सय ५० दलित जनप्रतिनिधि सो भेलामा सहभागी हुनेछन् । कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र कार्यपालिका सदस्य तथा इलामका सम्पूर्ण दलित जनप्रतिनिधि सहभागी हुने बताइएको छ ।

अन्य ६ प्रदेश तथा भारत र भुटानबाट समेत १ सय जना आमन्त्रित सहभागी हुने मूल समारोह आयोजक समितिका संयोजक नवराज शङ्करले बताए । पहिलो दिनको कार्यक्रममा ‘दलित महिलाः अवसर, सम्भावना र चुनौती’ विषयमा सांसद तथा दलित अगुवा लक्ष्मी परियार, अनिता परियार र दुर्गा सोबबीच बहस हुने आयोजकले जनाएको छ ।

सोही दिन ‘दलित युवाः उद्यमशीलता र रोजगारी’ विषयमा नेपाल जेसिसका केन्द्रीय अध्यक्ष अशोक शङ्करसँग बहस हुने जनाइएको छ । साँझमा साहित्यकार महावीर विश्वकर्माको एकल साहित्य वाचन कार्यक्रम हुने भएको छ ।

दोस्रो दिन प्रदेशका १४ ओटै जिल्लाका जनप्रतिनिधिका टोलीनेताले स्थानीय तहको समीक्षात्मक अनुभव प्रस्तुति गर्ने बताइएको छ । त्यस्तै ‘नेपालमा जातपात र छुवाछुत’ बारे विश्वभक्त दुलाल (आहुति), ‘नेपालको दलित आन्दोलनः विगत, वर्तमान र भविष्य’बारे गणेश विक तथा दलित समुदायः आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको सवाल विषयमा आम किसानले विचार राख्ने जनाइएको छ ।

‘दलित समुदायको समस्या र राज्य’ विषयमा सांसदद्वय छविलाल विश्वकर्मा र मीन विश्वकर्मा तथा विनोद पहाडीबीच बहस हुने भएको छ । त्यसैगरी दलित समुदायको पेशा संरक्षण र आधुनिकीकरणका विषयमा तीन सफल दलित व्यवसायीसँग बहस हुने तथा इलाम घोषणापत्र जारी गरी कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

Published

on

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।

Continue Reading

Banner

आज पनि सुनचाँदीको भाउ घट्यो

Published

on

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक