कोशी प्रदेश
विराटचोक–घिनाघाट चार लेन सडकको ३० प्रतिशत काम सम्पन्न
विराटचोकः प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई जोड्ने विराटचोक–घिनाघाट ४ लेन सडक निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको सचिवस्तरीय अनुगमले जनाएको छ ।
शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ विराटनगरका सचिव राजेशप्रसाद घिमिरे, पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इञ्जिनियर सुशील श्रेष्ठ, प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङलगायतको टोलीले योजनाको अनुगमन गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा भदौ २३ गते प्रदेश सरकारको गौरवको योजना मानिएको यो सडक शिलान्यास गरेका थिए । २२ किलोमिटर लामो ४ लेनको यो सडक प्रदेशकै गौरवको योजनाका रूपमा लिइएको छ । २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी श्रेष्ठ रमण एपेक्स कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छ । समयमै गौरवको आयोजना सक्ने गरी कामलाई द्रुत गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सहितको टोलीले गरेको अनुगमनमा स्थानीय नागरिकले ४ लेन सडक बनाउँदा छेउछेउमा पानीको निकास अनिवार्य बनाउनुपर्ने माग गरेका छन् ।

वर्षाको समयमा डुुबानको समस्या हुने भएकाले सरकारले यसलाई समयमै सोचेर काम नगरे समस्या हुने बताएका थिए । यस्तै हरैंचामा भएको मन्दिरलाई जग्गा खोजेर सार्न सहमति गरे सरकारले सहयोग गर्ने मन्त्रालयका सचिव घिमिरेले बताएका छन् ।
यो अनुगमनबाट सुन्दरहरैंचा क्षेत्रको बढ्दो बजारीकरण देखिएकाले ड्रेन निर्माण गर्नुपर्ने देखिएको समेत बताएका छन् । प्रदेश सरकारको ढिकुटी हेरेर ड्रेन बनाउने विषयमा छलफल गर्ने घिमिरेको भनाइ छ । यस्तै सडकमा रहेका पोल सार्नका लागि टेन्डर आह्वान गरिएको र चाँडै पोल सार्ने बताएका छन् ।यसैगरी, सडक किनारमा रहेका रुख काट्ने प्रक्रियामा गइसकेको बताए ।

प्रदेश राजधानी विराटनगर भित्रन र बाहिरिनका लागि यो सडक वैकल्पिक मानिन्छ । सांसद राजकुमार ओझाले पनि हरैंचाको मन्दिर निर्माण गर्न मन्त्रालयबाट सहयोग गर्ने वचन आएको र सार्न सहमति हुने विश्वास लिइएको बताएका छन् । यस्तै खानेपानीका पाइपमा समस्या र नाला निर्माण गर्नुपर्ने जनताको मागलाई सम्बोधन गरिने बातावरण मिलाउने वचन दिएका छन् । अहिले सकडका सबै भागमा दुवै तर्फको ड्रेन निर्माण गरी माटो पुर्ने र साना पुल निर्माण गर्ने काम धमाधम भइरहेको छ ।
असोज १ गतेदेखि निर्माणकार्य शुरु भएको बस्ती क्षेत्रमा ६४ मिटर र बस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ । सडकको बीच भागबाट दुवैतर्फ ३५–३५ फिट सडक कालोपत्रे हुने भएको छ ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login