Connect with us
Advertisement

हत्याको आरोपमा २ जना पक्राउ

Published

on

बिर्तामोडः भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरेको र हत्यपछि चौधरी र यादवले शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा जलाएका थिए ।

शेख चारपानेमा विगत १० वर्षदेखि मजदुरी गर्दै आएका थिए । सोमबार साँझ यादव, चौधरी र शेख तीनै जना स्थानीय होटलमा सँगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पु¥याएको तथा संवेदनशील अङ्ग काटेर परालमा आगो लगाएको प्रहरीले जनएको छ ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ । पक्राउ परेका व्यक्तिको साथबाट चक्कु एक थान, लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृतकले प्रयोग गरेको सिम कार्ड, रातो दाग भएको एक थान भेस्ट र चुरोट तथा चुरोटका ठुटासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

त्रिविमा प्राध्यापक कुटपिटमा संलग्न रावल पक्राउ

Published

on

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।

तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो ।

 

काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन्

ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।

रावल पनि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन् । उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउँथे ।

Continue Reading

Banner

एकैपटक १६ सय ३६ किलो गाँजा बरामद, दुई जना पक्राउ

Published

on

सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट एकैपटक १६ सय ३६ किलो गाँजा बरामद गरेको छ । शुक्रबार गाँजासहित दुई वटा ट्रक र दुई जनालाई  नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगा बहादुर बस्नेत छन् । उनीहरू शुक्रबार पक्राउ परेका हुन् । ईलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय  र नम्बर २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिईएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले जानकारी दिए ।

Continue Reading

Banner

चोरी गर्न गएका छिमेकीले गरगहना लुटपाट गर्दै झापा बिर्तामोड नगरपालिका-४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको छ।

Published

on

झापा : चोरी गर्न गएका छिमेकीले गरगहना लुटपाट गर्दै झापा बिर्तामोड नगरपालिका-४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाले घटना भएको २३ दिनपछि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

प्रहरीले हत्या आरोपमा घटनाका योजनाकार बिर्तामोड-४ का २३ गंगाप्रसाद राजवंशी, उनकी श्रीमती २० वर्षीया वर्षा राजवंशी, मतियार सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, चोरी गरेको गरगहना बेच्न सहयोग गर्ने बिर्तामोड-४ का ३३ वर्षीय ज्याक भन्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधारा नगरपालिका-६ स्थित हनुमान सुन-चाँदी पसलका सञ्चालक धनबहादुर कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।

प्रहरीका अनुसार वैशाख २५ गते अन्दाजी साँझ ६ बजेको समयमा महेश र गंगाप्रसादले चोरी गर्ने योजना बनाएका थिए। उनीहरू फलामको मार्तोल र रेञ्च बोकेर मध्यरातमा सुमन राजवंशीको घरमा चोरी गर्न पुगेका थिए। त्यहाँ चोरी गर्न नसकेपछि उनीहरू फर्किए। त्यसपछि उनीहरू विष्णुकुमारीको घरमा गए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक