Connect with us
Advertisement

नैतिकवान् विद्यार्थी उत्पादन गर्न राम्रो परिवेश चाहिन्छः नेकपा नेता माधवकुमार नेपाल

Published

on

विराटचोकः पारिवारिक, शैक्षिक र सामाजिक परिवेश राम्रो भए मात्रै नैतिकवान् विद्यार्थी उत्पादन हुन सक्ने पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपालले बताएका छन् ।

मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको माउण्ट मकालु आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

शिक्षाका ४ स्तम्भ भएको उल्लेख गर्दै उनले बुझ्नका लागि, काम गर्नका लागि, सामुहिकताको भावना विकास गर्नका लागि र सङ्कल्प लिनको लागि शिक्षा आवश्यक पर्ने उनको भनाइ थियो । शिक्षाको गुणस्तरको लागि अनुभव प्राप्त शिक्षण संस्थाले ध्यान दिनुपर्ने उनले बताए ।

शिक्षा प्रणालीमा सुधार गर्न अहिलेको सरकार लागिपरेको उल्लेख गर्दै उनले पर्यटनको क्षेत्रमा पनि सरकारले धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपमहासचिव आरबी कटुवालले संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालले विद्यालयको नवनिर्मित भवन ‘प्रेमलाल स्मृति भवन’ को पनि शिलान्यास गरे । त्यस्तै विद्यालयको रजत स्मारक स्तम्भ तथा विज्ञान प्रदर्शनीको पनि उनले उद्घाटन गरेका थिए ।

अन्तर्राष्ट्रिय जुनियर साइन्स अवार्डमा कास्य पदक विजेता सो विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी नितेष गौतम र उनका मातापिता मुकुन्द तथा उमा गौतमलाई सम्मान गरेका थिए । त्यस्तै, अभिभावकका पनि अभिभावक रामबहादुर थापा र दुखनीदेवी चौधरीलाई सम्मान गर्नुका साथै जनता मावि सुन्दरहरैंचा ३ लाई २ थान कम्प्युटर र जनता आधारभूत विद्यालय सुन्दरहरैंचा ३ लाई १ थान प्रिन्टर शैक्षिक सामग्रीको रुपमा प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल हेमन्त कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीले ऐतिहासिकतामा आधारित नृत्य तथा अन्य मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरका अन्य विद्यालयका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावकलगायतको बाक्लो उपस्थिति थियो ।

रजत महोत्सवको दोस्रो तथा अन्तिम दिन आइतबार बिहान ९ बजे प्यारेन्टिङ कार्यक्रम हुने पनि विद्यालयले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

37 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक