कोशी प्रदेश
नैतिकवान् विद्यार्थी उत्पादन गर्न राम्रो परिवेश चाहिन्छः नेकपा नेता माधवकुमार नेपाल
विराटचोकः पारिवारिक, शैक्षिक र सामाजिक परिवेश राम्रो भए मात्रै नैतिकवान् विद्यार्थी उत्पादन हुन सक्ने पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपालले बताएका छन् ।
मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको माउण्ट मकालु आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

शिक्षाका ४ स्तम्भ भएको उल्लेख गर्दै उनले बुझ्नका लागि, काम गर्नका लागि, सामुहिकताको भावना विकास गर्नका लागि र सङ्कल्प लिनको लागि शिक्षा आवश्यक पर्ने उनको भनाइ थियो । शिक्षाको गुणस्तरको लागि अनुभव प्राप्त शिक्षण संस्थाले ध्यान दिनुपर्ने उनले बताए ।
शिक्षा प्रणालीमा सुधार गर्न अहिलेको सरकार लागिपरेको उल्लेख गर्दै उनले पर्यटनको क्षेत्रमा पनि सरकारले धेरै काम गर्न बाँकी रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपमहासचिव आरबी कटुवालले संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालले विद्यालयको नवनिर्मित भवन ‘प्रेमलाल स्मृति भवन’ को पनि शिलान्यास गरे । त्यस्तै विद्यालयको रजत स्मारक स्तम्भ तथा विज्ञान प्रदर्शनीको पनि उनले उद्घाटन गरेका थिए ।
अन्तर्राष्ट्रिय जुनियर साइन्स अवार्डमा कास्य पदक विजेता सो विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी नितेष गौतम र उनका मातापिता मुकुन्द तथा उमा गौतमलाई सम्मान गरेका थिए । त्यस्तै, अभिभावकका पनि अभिभावक रामबहादुर थापा र दुखनीदेवी चौधरीलाई सम्मान गर्नुका साथै जनता मावि सुन्दरहरैंचा ३ लाई २ थान कम्प्युटर र जनता आधारभूत विद्यालय सुन्दरहरैंचा ३ लाई १ थान प्रिन्टर शैक्षिक सामग्रीको रुपमा प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल हेमन्त कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीले ऐतिहासिकतामा आधारित नृत्य तथा अन्य मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगरका अन्य विद्यालयका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावकलगायतको बाक्लो उपस्थिति थियो ।
रजत महोत्सवको दोस्रो तथा अन्तिम दिन आइतबार बिहान ९ बजे प्यारेन्टिङ कार्यक्रम हुने पनि विद्यालयले जनाएको छ ।

Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login