अन्तर्वार्ता
हामी सामुदायिक विद्यालयसँग पनि मितेरी सम्बन्ध गाँस्ने क्रममा छौँः हेमन्त कार्की
२०५० सालमा स्थापित मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको माउण्ट मकालु आवासीय माविले आज र भोलि रजत जयन्ती मनाउँदैछ । अहिले ९ सय ७३ जना विद्यार्थी अध्ययनरत रहको विद्यालयमा ३९ जना शिक्षकसहित ५२ जना जनशक्ति रहेको विद्यालयले मनाउन लागेको रजत जयन्तीको सेरोफेरोमा रहेर विद्यालयका प्रिन्सिपल हेमन्त कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंशः
यो विद्यालय कहिले स्थापना भएको हो ?
२०५० सालमा स्थापित भई २०५१ सालदेखि कक्षा सञ्चालनको लागि अनुमति लिएको यो विद्यालयले २०५५ सालमा निमावि, २०५७ सालमा मावि र २०६६ सालमा उच्च माविको अध्यापन शुरु गरेको हो ।
हालसम्म कति विद्यार्थीले यहाँबाट शिक्षा लिइसकेका छन् ?
हालसम्म यस विद्यालयबाट ८ सय ५३ जना विद्यार्थी एसईई र १ सय १३ जना उच्च मावि तह पार भएका छन् । एसईईतर्फ २ सय ३ जना विशिष्ट, ४ सय ६८ जना पहिलो श्रेणी र १ सय ८२ जना दोस्रो श्रेणीमा पास भएका छन् । यस विद्यालयका पूर्व विद्यार्थी संसारका धेरै देशको उच्च ओहोदामा कार्यरत रहेका छन् ।
कक्षा १० मा अध्ययनरत यस विद्यालयका विद्यार्थी नितेष गौतमले गत डिसेम्बरमा कतारमा भएको विश्वस्तरीय इन्टरनेसनल जुनियर साइन्स अवार्ड ओलम्पियाडमा सहभागी भई कास्य पदक जित्न सफल भएका छन् । उनलाई पनि यो महोत्सवमा सम्मान गरिँदैछ ।
रजत जयन्ती समारोहमा विशेष के कार्यक्रम हुनेछ ?
रजत जयन्ती अनौपचारिक रुपमा १ वर्षसम्म हामीले मनायौँ । १ वर्ष अघिदेखि सरसफाइ, जनचेतनामूलक कार्यक्रम आदि विद्यालय बाहिर गर्याैँ भने विद्यालयभित्र विद्यार्थीबीच विभिन्न प्रतियोगिता गर्याैँ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिँदैछ । ओलम्पियाडमा कास्य पदक जित्ने विद्यार्थी र उनका अभिभावकलाई पनि सम्मान गरिँदैछ ।
त्यस्तै, विद्यार्थीका अभिभावकका पनि अभिभावक १ जना पुरुष र १ जना महिलालाई पनि सम्मान गरिँदैछ । विद्यालय स्थापनकालका सबै विद्यार्थी र विद्यालयका संस्थापकलाई पनि सम्मान गरिनेछ ।
हामी सामुदायिक विद्यालयसँग मितेरी सम्बन्ध गाँस्न खोजिरहेका छौं । यसै क्रममा सुन्दरहरैंचा वडा नम्बर ३ को जनता मावि र जनता प्राविलाई आवश्यक भौतिक सामग्री २ थान कम्प्युटर र प्रिन्टर प्रदान गर्ने भएका छौँ ।
स्वास्थ्य चौकी दुलारीलाई पनि सहयोग गर्ने वचन दिएका छौँ ।
नवनिर्मित प्रेमलाल स्मृति भवनको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै, रजत स्मारक पनि शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
Facebook Comment
Banner
सुन्दरहरैँचामा विराट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु
विराटचाेक माेरङकाे सुन्दरहरैँचामा विराट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियाेगिता सुरु भएकाे छ । विराट चेस क्लव सुन्दरहरैँचाकाे आयाेजनामा भएकाे खेलमा नेपाल सहित भारत र बङ्गलादेशका १ सय २० खेलाडिले भाग लिने छन् । आजबाट सुरु भएकाे ४ लाख ६० हजार राशी पुरस्कार रहेकाे अन्तराष्टिय स्तरकाे प्रतियाेगिता पहिलाे पटक आयाेजना भएकाे आयाेजकले बताएकाे छ ।
सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले खेलकाे उद्घाटन गर्दै यस क्षेत्रकाे विकास पर्यटन प्रबर्धनमा टेवा पुग्ने बताए । उनले कमै मात्रामा हुने याे प्रकारकाे खेलमा बालबालिकालाई सहभागि गराउनसके उनीहरुकाे बाैदिक विकास हुने बताए ।
प्रतियाेगिता सुइस लिग अन्तर्गत नाै राउण्डमा हुने प्रमुख आर्बिटर भुपेन्द्र निराैलाले बताए । नेपालकाे चेस खेलकाे विकास र खेलाडि उत्पादनमा समेत सहयाेग पुग्ने बताए । प्रतियाेगितामा प्रथम हुने खेलाडिलाई १ लाख नगद सहित ट्रफि प्रदान गरिने छ । यस्तै दाेस्राे हुनेले ७० हजार तेस्राे हुनेले ५० हजार र चाैथाे हुनेले ३० हजार सहित ट्रफि हात पार्ने खेल सम्याेजक लक्ष्मि श्रेष्ठले बताए ।
खेल अवधिभरि बिभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने समेत उनले बताए । त्याे राशि ५ हजार भन्दा माथि राखिएकाे बताइएकाे छ । सुन्दरहरैँचा १० स्थित पानस पार्टी प्यालेसमा सुरु भएकाे खेल आगामी ८ गते सम्म चल्ने छ । उद्घाटन कार्यक्रमकाे सभापतित्व क्लवका अध्यक्ष देबेन्द्र काफ्लेले गरेका थिए ।
Banner
ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपीओ बिक्री गर्ने
विराटचोकः ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री गर्ने भएको छ ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको जनाइएको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
Banner
चुनावमा प्रतिबद्धता गरेका वाचा ७५ प्रतिशत पूरा भएका छन्: रोहित कार्की
तराईको जिल्ला भए पनि पहाडी भूभाग समेटिएको केराबारी गाउँपालिकामा पर्यटकीय क्षेत्र प्रशस्तै छन् । प्रचारप्रसारको अभावमा ती ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रसम्म पुग्ने बाटोको अभाव ठूलो समस्याको रुपमा रहेको छ । केराबारी गाउँपालिकामा भएका सम्भावना र चुनौती तथा गाउँपालिकाले हालसम्म गरेका काम र आगामी प्राथमिकताका बारेमा गाउँपालिका अध्यक्ष रोहित कार्कीसँग गरिएको कराकानीको सम्पादित अंश
केराबारी गाउँपालिकामा पर्यटनको क्षेत्रमा कसरी विकास गरिरहनुभएको छ ?
केराबारी गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ र पर्यटकीय क्षेत्रको भौतिक विकासमा लागिएको छ । जेफाले, तोपगाछीजस्ता पर्यटकीय क्षेत्रको डीपीआर निर्माण गरेर संघीय सरकारसँग बजेट मागेका छौँ । गाउँपालिकाबाट पनि बजेट छुट्याएका छौँ । यस्तै ध्वजेडाँडा, पार्वती गुफा, सप्तकन्या गुफालगायतका ठाउँमा हामीले बाटो पुर्याएका छौँ । होम स्टेको विकास गर्दै छौँ । अन्य नयाँनयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास पनि गर्दै जाने छौँ ।
कृषि क्षेत्रमा चाहिँ कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
यो वर्ष कृषिमा हामीले राम्रो रकम छुट्याएका छौँ । विशेष गरेर वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरूलाई लक्षित गरेका विभिन्न खालका कार्यक्रम राखेका छौँ । कृषियोग्य भूमि बाँझो नराख्ने अभियान चलाउँदैछौँ । किसानलाई ज्ञान र सीप प्रदान गर्नका लागि सहज होस् भनेर कृषि प्राविधिकको व्यवस्था गर्न लागेका छौँ । चाँडै कृषि प्राविधिक राखेर काम अगाडि बढाउँछौँ ।
कृषि उपजलाई बजारसम्म पुर्याउनका लागि कृषि सहकारीसँग सहकार्य गरेर गाडीको समेत व्यवस्था गरेका छौँ । मौरीपालन, पशुपालन, बेमौसमी तरकारी, च्याउ खेतीलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । हरेक घरले ५ वटा फलफूलका बिरुवा रोप्ने अभियान चलाएका छौँ । कृषिमा जम्मा १ करोड २८ लाख बजेट छुट्याएका छौँ ।
रोजगारीका क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
मूलतः केराबारी गाउँपालिकाको रोजगारीको क्षेत्र भनेको कृषि नै हो । हामीले किसान समूह बनाएर बाख्रापालन लगायतका कार्यक्रम ल्याएका छौँ । त्यस्तै गोठ सुधारका लागि अनुदानको व्यवस्था गरेका छौँ । माछापालन र मौरीपालनका लागि आधुनिक घार वितरण गर्दै छौँ । आधुनिक कृषि औजार पनि वितरण गर्दैछौँ । यसका साथै हामी कृषि परिचयपत्र बनाएर वितरण गर्दैछौँ । हामी ठाउँअनुसारको बाली लगाउनका लागि माटो परीक्षणको व्यवस्था पनि चाँडै गर्दैछौँ ।
केराबारीलाई बाढीपहिरोबाट बचाउन तटबन्ध निर्माणलगायतका केके काम गर्दै हुनुहुन्छ ?
केराबारीको दक्षिणी भागमा बाढीपहिरो र कटानको त्यति समस्या छैन तर उत्तरी भागमा सानासाना खहरे खोलाले निकै क्षति गर्छ । हामीले खोला कटान नियन्त्रणको काम गर्नका लागि बजेट छुट्याएका छाँै र काम पनि भइरहेको छ । यसका साथै राष्ट्रपति चुरे संरक्षण कार्यालयबाट पनि खोला कटान नियन्त्रण, तटबन्धन नियन्त्रणलगायतका काम भइरहेका छन् । भलुवा खोलामा चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट मेरै पहलमा ६\७ करोडको काम भइरहेको छ ।
आदिवासी, जनजाति, महिला, सीमान्तकृत, र पिछडिएको वर्गका लागि कसरी काम गर्दै हुनुहुन्छ ?
केराबारी गाउँपालिका सबै जातजातिका मानिसहरू मिलेर बसेको ठाउँ हो । सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्गको उत्थानका लागि उनीहरूको आवश्यकतालाई ध्यानमा राखेर हामीले त्यही अनुसारका कार्यक्रम तय गरेका छौँ । साथै विभिन्न सीपमूलक तालिमहरूको व्यवस्थासमेत गरेका छौँ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नगरपालिकालाई कस्तो असर गर्याे ?
कोरोनाको कहर विश्वभर नै छ । यसबाट केराबारी गाउँपालिका अछुतो रहने कुरै भएन । केराबारीका प्रायः सबै क्षेत्रमा कोरोनाले असर गर्यो । शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्र प्रभावित भए । केही मानिसहरू संक्रमित पनि हुनुभयो । अहिले निको भइसक्नुभएको छ । बाहिरबाट आउनुभएका केही मानिसहरू अझै पनि क्वारेन्टिनमा हुनुहुन्छ ।
चुनावमा वाचा गरेमध्ये कति योजना पूरा भए, कति पूरा हुने क्रममा छन् ?
मैले चुनावमा प्रतिबद्धता गरेका ७५ प्रतिशत पूरा भएका छन् । केही पूरा हुने क्रममा छन् । हामीले गत वर्ष ३० किलोमिटर सडक कालोपत्रे गरेका छौँ । अन्य विकास निर्माणका काम पनि गरेका छौ । हाम्रै कार्यकालमा सबै वडा कार्यालय निर्माण गरिसक्ने योजना छ । गाउँपालिकाको भवन पनि बनाइसक्ने छौँ । गाउँपालिकास्तरीय अस्पताल पनि बनाउने छौँ । कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्नेछौँ ।
खानेपानीको क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
केराबारीमा खानेपानीमा केही समस्या छ । तर विभिन्न खानेपानी आयोजनालाई एकीकृत गरिरहेका छौँ । यसलाई व्यवस्थित गर्नेछौँ । साथै विभिन्न क्षेत्रमा डिप बोरिङको व्यवस्था गरेका छौँ । धेरै ठाउँमा ट्याङ्की बनाउँदैछौँ । बजार क्षेत्रमा ढलको व्यवस्था गर्दैछौँ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login