अर्थ
विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा, १ अर्बको कारोबार हुने आयोजकको अपेक्षा
विराटनगरः फागुन २ गतेदेखि हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ ।
मेला आयोजनास्थल विराटनगरको शङ्करपुर मार्गमा बुधबार पत्रकार सम्मेलन गरी मेलामा १ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने अनुमान गरिएको बताइएको छ ।
औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन गर्नुका साथै कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादनमा जोड दिन मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ । उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्नुका साथै लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नु मेलाको उद्देश्य रहेको बताइएको छ ।
प्रदर्शनमा जुम्लाको स्याउ र मार्सी चामलका साथै हिमाली उत्पादन, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, तेह्रथुम र सङ्खुवासभाको अल्लो मुख्य आकर्षण रहने बताइएको छ । सुपारीको टपरी, अर्थोडक्स चिया, किबी तथा हस्तकलाका सामग्रीका साथै भारत, पाकिस्तान र बङ्गलादेशका सामग्रीको छुट्टै स्टल रहने मेला संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
औद्योगिक वस्तुको बजार प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना प्रवाह, नयाँ प्रविधि र उत्पादनबारे जानकारी दिन मेलाको आयोजना गरिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उनका अनुसार उपभोक्ताको चाहना र रुचिबारे जानकारी लिई नयाँ वस्तु उत्पादन गर्न मेलाले सहयोग पुग्नेछ ।
३ सय ४० स्टल रहने मेलामा ४० स्टल अन्तर्राष्ट्रिय क्षेत्रलाई छुट्याइएको छ । कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका, कृषि घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १ सय ६०, अटोमोबाइल्सका ३८, खाद्यान्नका १२ स्टल रहने बताइएको छ । सबै स्टलको बुक भइसकेको सो मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने भएका छन् ।
हेलिकोप्टरमार्फत् विराटनगरको अवलोकन तथा पाथीभरा दर्शनको व्यवस्था मिलाइनुका साथै हात्ती सवारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । फागुन २ गतेदेखि ९ दिनसम्म चल्ने मेलाको प्रवद्र्धकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् ।
मोरङ व्यापार संघ सहयोगी संस्था रहेको मेलाको मुख्य प्रायोजकमा नोबेल मेडिकल कलेज, सह प्रायोजकमा दुगड फुड एण्ड स्पाइसेस, र प्रायोजकमा टोयोटा मोटर्स, पिएलओ लुब्रिकेन्ट्सलगायतका कम्पनी रहेका छन् ।
Facebook Comment
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


Banner
इन्द्रपुर सहकारीको २६औँ साधारणसभा सम्पन्न, २७ करोड बढी पुँजी
मोरङको सुन्दरहरैँचा–९ स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
इन्द्रपुर जेसीजको भवनमा संस्थाका अध्यक्ष गोपालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो।
साधारणसभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाको कुल पुँजी २७ करोड २१ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २७ करोड २९ लाख ९ हजार ८२२ रुपैयाँ पुगेको छ।
कार्यक्रममा नगरप्रमुख गुरागाईंले सहकारीका सदस्यहरू संस्थाको गतिविधि, लगानी तथा आर्थिक अवस्थाबारे नियमित रूपमा सचेत र जागरुक हुनुपर्ने बताउनुभयो। केही सहकारीमा समस्या देखिनुको एउटा कारण सञ्चालकलाई मात्रै जिम्मेवार ठानेर सदस्यहरूले संस्थाका गतिविधिप्रति पर्याप्त चासो नदिनु पनि रहेको उहाँले बताउनुभयो।
इन्द्रपुर सहकारीका सदस्यहरूले संस्थाको लगानी कहाँ र कस्तो अवस्थामा रहेको छ भन्नेबारे समय–समयमा जानकारी लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यक्रम तथा बजेट पारित गरेको छ।
उत्कृष्ट विद्यार्थी तथा सदस्य सम्मानित
साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
इन्द्रपुर सहकारी छात्रवृत्ति कोषमार्फत २०८२ सालको प्लस टु परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको हो।
सामुदायिक विद्यालयतर्फ जेसिका सुवेदी र बद्री सुवेदी तथा संस्थागत विद्यालयतर्फ प्रज्वल रेग्मी र शर्मिला कार्की पुरस्कृत भएका छन्।
यस्तै, असल ऋणीका रूपमा कमला घिमिरे, गोविन्दबहादुर कार्की, शोभा इजम र रुद्रप्रसाद ढकाल तथा असल बचतकर्ताका रूपमा दिपा न्यौपाने, खेमराज श्रेष्ठ, उर्मिला चौहान र शिवप्रसाद सुवेदीलाई सम्मान गरिएको छ।
अनुशासित शेयर सदस्यका रूपमा शान्ता आचार्यलाई सम्मान गरिएको छ। ज्येष्ठ सदस्यतर्फ मोहनबहादुर भण्डारी, प्रेमप्रसाद काफ्ले, वीरबहादुर खलाल, भीमप्रसाद ढकाल र यममाया थापा सम्मानित भएका छन्।
त्यसैगरी कनिष्ठ सदस्यका रूपमा अपेक्षा तिम्सिना तथा उत्कृष्ट कर्मचारीका रूपमा सविता ढकाललाई सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गंगाराम फुँयलले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव सन्तोष वान्तवाले सञ्चालन गर्नुभएको थियो।
सुन्दरहरैँचाका अग्रणी सहकारी संस्थामध्ये रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारीले वित्तीय सेवा तथा सदस्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login