स्थानीय तह
सुन्दरहरैंचाका किसानलाई कृषि सामग्री वितरण
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । कृषिमा यान्त्रिकीकरण गरी किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्य अनुरुप बुधबार ३८ जना किसानलाई ५० प्रतिशत अनुदानमा पावर स्प्रेयर वितरण गरिएको हो ।
किसानलाई कृषि सामग्री वितरण गर्नुपूर्व ती सामग्रीको प्रयोग विधिबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकालले निर्वाचनपछि कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्जस्ता क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गरिएको बताए । नगरपालिकाले प्रदान गर्नेे सेवाका विषयमा नागरिकले पनि चासो दिएर बुझेर कार्यक्रमबारे जानकारी लिएर लाभ लिनुपर्ने उनको भनाइ थियो ।

नगरप्रमुख ढकालले कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन किसान–जनप्रतिनिधिबीचको समन्वय अनिवार्य हुनुपर्ने बताए । निर्वाचनका समयमा प्रत्येक घरघरमा पुगेको स्मरण गर्दैै नगप्रमुख भएर आइसकेपछि योजना बनाउने र जनताको काममा लाग्नुपर्ने भएकाले जनताले आफ्नो समस्या र चासोका विषय लिएर जनप्रतिनिधिसँग आउनुपर्ने उनको भनाइ थियो । कृषि, स्वास्थ्य, र शिक्षा क्षेत्रमा आगामी वर्ष बजेट बढ्ने पनि उनले जानकारी दिए ।
सुन्दरहरैंचा नमूना नगरपालिकामा स्थापित हुनुमा आगलागी हुनासाथ दमकलको सेवा र कसैको मृत्यु भएमा घाटसम्म पु¥याउन ‘घरदेखि घाटसम्म’ कार्यक्रमअन्तर्गत उपलब्ध गराउनुले यो नगरपालिकाका नागरिकले सबै क्षेत्रको सेवा दिन आफू लागेको बताए ।
कार्यक्रममा उपप्रमुख धनमाया तामाङले सिंहदरबारको अधिकार घरघरमा आएको अनुभूति गराउने खालका कार्यक्रम ल्याइएको बताउँदै किसानलाई विषादी प्रयोग नगरी व्यावसायिक कृषि क्षेत्रमा लाग्न अनुरोध गरिन् । उपप्रमुख तामाङले यही क्षेत्रमा पाइने विभिन्न झारपात, जडीबुटी प्रयोग गरी बालीमा लाग्ने कीरा मार्नुपर्ने बताइन् । एउटा किसानले उत्पादन गरेको तरकारी अरुको स्वास्थ्य बचाउने खालको हुनुपर्ने उनको भनाइ थियो ।

सामग्री पाएपछि वडा नम्बर ११ कि ज्योति चौधरीले खुशी हुँदै नगरपालिकाले दिएको सामग्रीलाई आफूले जतनका साथ प्रयोग गर्ने बताइन् । यस्तै, वडा नम्बर ६ का मानबहादुर श्रेष्ठले जनप्रतिनिधि आएपछि कृषि क्षेत्रमा लाग्ने नागरिकका लागि धेरै ठूलो सहयोग भएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा कृषि शाखा प्रमुख फरिन्द्र भट्टराईले नगरपालिकाको २ हजार ५ सय ७१ हेक्टर कृषियोग्य जमिन रहेको बताउँदै नगरपालिका सुहाउँदो कार्यक्रम ल्याइएको बताए । यसअघि पनि नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको थियो ।
यो पनि पढ्नुहोस्
Facebook Comment
Banner
निर्वाचन माहोलले सेयर बजारमा उत्साह, सबै सूचक हरियो
मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।
Banner
होटल फरेष्ट इन लिमिटेडको आईपीओ बिक्रीमा
होटल फरेष्ट इन लिमिटेडले आज (माघ ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।
Banner
माघमा पनि घट्यो ब्याजदर
वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् ।
२० मध्ये १२ वटा बैंकले पुस महिनाको तुलनामा माघ महिनाका लागि ब्याजदर घटाएका छन् । ७ वटाले स्थिर राखेका छन् भने प्राइम बैंकले सामान्य बढाएको छ । बैंकले दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा शून्य दशमलव १४९५ प्रतिशत विन्दुले झरेको छ ।
पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४ दशमलव ८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको छ ।
माघ महिनामा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले ५ दशमव ५ प्रतिशत दिनेछ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत दिनेछ । बैंकहरूसँग ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।
कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २ दशमलव ६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । वित्तीय प्रणालीबाट राष्ट्र बैंकले ८ खर्ब ७३ अर्ब रूपैयाँ खिचिसकेको भए पनि बैंकमा लगानी योग्य रकम पर्याप्त छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login