सुन्दरहरैंचा वडा नम्बर ३ मा सिलाइकटाइ तथा ब्युटीपार्लर तालीम शुरु

विराटचोकः मोरङको सुन्दरहरैंचा वडा नम्बर ३ मा ३ महिने सिलाइकटाइ तथा ब्युटीपार्लर तालीम शुरु भएको छ । तालीमको प्रमुख अतिथि सुन्दरहरैंचाको वडा नम्बर ३ का अध्यक्ष जीवनप्रसाद ढुंगानाले उद्घाटन गरे ।

सिमेका हुमन रिसोर्स एकडेमी र पिरामिड टेक्निकल इन्स्टिच्युट प्रालिको आयोजना तथा वडा कार्यलयको समन्वयमा वडाका युवा र महिलालाई सो तालीम शुरु गरिएको वडाध्यक्ष ढुंगानाले बताए ।

तालीममा २० जनालाई ब्युटीपार्लर सिकाइने छ भने अन्य २० जनालाई सिलाइ कटाइ र २० जना पुरुषलाई वायरिङ तालीम दिइने भएको छ ।
तालीम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले स्थानीय सरकारको सबैभन्दा तल्लो निकाय वडा भएकाले सबै नागरिकका चासो र गुनासो आउने र धेरै महिलाहरुको माग तालीममा हुने भएकाले यो पटक महिलालाई आयआर्जनमा टेवा पुग्ने गरी तालीम ल्याइएको बताए । तालीम सिकेर व्यवसायमा लाग्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा आस्मा भण्डारी, तुलसा विक, रबिना खड्काको पनि उपस्थिति रहेको थियो । कार्यक्रम ऋषि नेपालको सभापतित्वमा भएको थियो ।

Spread the love



Leave a Reply

Your email address will not be published.