आन्तरिक राजस्व कार्यालय भद्रपुरले उठायो १ अर्ब ८७ करोड रुपैयाँ राजस्व

भद्रपुरः आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले चालु आर्थिक वर्षको ७ महिनामा १ अर्ब ८७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा १ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

पुरानो कर नबुझाएका करदाताबाट सो अवधिमा ४४ करोड रुपैयाँ उठाउन सफल भएको भएको कार्यालयले जनाएको छ । प्रमुख कर अधिकृत युवराज श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य कार्यालयले लिएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.