निष्पक्षखबर



हरिवंशले गरे कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखाको उद्घाटन

इटहरीः बिहीबार कान्तिपुर फिल्म एकेडेमी इटहरी शाखाको उद्घाटन भएको छ । हास्य कलाकार हरिवंश आचार्यले एकेडेमीको उद्घाटन गरेका थिए । एकेडेमीको उद्घाटनसँगै फिल्मका विभिन्न विधा अध्ययन गर्न चाहनेमा खुशी छाएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छविराज ओझाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक, साहित्यकार एवं सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

एकेडेमीले पहिलो शाखा इटहरीमा सञ्चालन ल्याएको एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमीले गरेको यो प्रयासको प्रशंसा गरेका थिए ।

साहित्यकार मनु मञ्जिलले कान्तिपुर फिल्म एकेडेमीले पूर्वको शान बढाउने बताए । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले एकेडेमीको सफलताको कामना व्यक्त गरेका थिए । इटहरीको वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले एकेडेमीले दक्ष कलाकर्मी जन्माउने आशा गरिएको बताए ।

एकेडेमीले पहिलो चरणमा फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफीको १ महिने कक्षा फागुन ४ गते शुरु गर्ने जनाएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.