Connect with us
Advertisement
Advertisement

विराट एक्स्पो आज शुरु हुँदै

Published

on

विराटनगरः आजदेखि ९ दिनसम्म चल्ने गरी विराटनगरमा विराट एक्स्पो शुरु हुँदै छ । दिउँसो १ बजे संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको मेला अयोजक उद्योाग संगठन मोरङले जनाएको छ ।

विराटनगर–२ शंकरपुर मार्ग स्थित मैदानमा हुने एक्स्पोमा नेपालसहित विभिन्न देशका ३ सय ४० स्टल रहने मूल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए । उनका अनुसार ४० स्टल नेपालबाहेक अन्य देशका हुनेछन् । एक्स्पोको ३ लाख दर्शकले अवलोकन गर्ने र १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा, १ अर्बको कारोबार हुने आयोजकको अपेक्षा

Continue Reading

Facebook Comment

Advertisement
25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ

Published

on

विराटचोकः सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य हिजोको भन्दा तोलामा २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रति तोला ९९ हजार ३ सय ६५ रुपैयाँ रहेको छ । त्यस्तै, असली चाँदीको भाउ तोलाको १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।

Continue Reading

Banner

१ हजार ४ सय बिन्दुको मनोवैज्ञानिक रेखाको आसपास शेयर बजार

Published

on

विराटचोकः शेयर बजारका लगानीकर्ताबीच एउटा मनोवैज्ञानिक रेखा हुने गर्दछ । सो रेखाभन्दा तल गए बजार झर्छ र माथि गए बजार बढ्छ भन्ने अनुमान गरी उनीहरुले काल्पनिक मनोवैज्ञानिक रेखा तय गरेका हुन्छन् । अहिले बजार बढ्दै जाँदा लगानीकर्ताले नेप्सेको १ हजार ४ सयको बिन्दुलाई मनोवैज्ञानिक रेखा तय गरेका छन् ।

आइतबार ४० अंकभन्दा तल झरेको नेप्से आज साढे ७ अंकले बढेर १ हजार ४ सय २ भन्दा माथि पुगेको छ । जम्मा १ सय ९० कम्पनीको १ अर्ब २९ करोड २ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ ।

Continue Reading

Banner

सुनचाँदीको मूल्य स्थिर

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रति तोला ९९ हजार १ सय ६० र असली चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक