ब्राइट फ्युचर सिङ्गिङ एण्ड डान्सिङ आइडल सिजन थ्री सम्पन्न

विराटचोकः ब्राइट फ्युचर सिङ्गिङ एण्ड डान्सिङ आइडल सिजन थ्री सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको ब्राइट फ्युचर इङ्लिस स्कुल सलकपुरमा शुक्रबार फाइनल सम्पन्न भएको हो ।

जुनियरतर्फ गायनमा शिखा पौडेल पहिलो, रोजमेरी राई दोस्रो र इसम घिमिरे तेस्रो भएका छन् । सिनियरतर्फ अस्मित धमला पहिलो, रिदिका राई दोस्रो र सञ्चित दाहाल तेस्रो भएका छन् ।

यसैगरी, नृत्यतर्फ जुनियरमा लेकिसा खरेल पहिलो, सृष्टि लामिछाने दोस्रो र शायना ढकाल तेस्रो भए । नृत्यमा सिनियरतर्फ शबनम राउत, रिदिका राई दोस्रो र दृश्या ढकाल तेस्रो भएका छन् ।

विद्यालयका प्रधानाध्यापक टीकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथि मोरङ प्याब्सनका अध्यक्ष अर्जुन बस्नेत रहेका थिए । यस्तै, अतिथिमा इन्द्रपुर जेसीजका अध्यक्ष गणेशप्रसाद भट्टराई, कार्यपालिका सदस्य उर्मिला शर्मा रिजाललगायत रहेका थिए । कार्यक्रममा गायक साजन राईले आफ्नो प्रस्तुुति दिएका थिए ।

प्रतियोगितामा विद्यार्थीले कौरा, तामाङ सेलो, राष्ट्रिय गीत, आधुनिकलगायतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायनतर्फ निर्णायकमा भीम बस्नेत र निशा कार्की रहेका थिए । नृत्यतर्फ देवराज खड्का र विमल नेपाल रहेका थिए ।

कार्यक्रममा कक्षा १२ का होटल म्यानेजमेन्ट विद्यार्थीले फुड फेस्टिबलमा मम, आलु फ्राइ, बर्गर, ससेज लगायत परिकार रहेका थिए । सो अवसरमा अभिभावक इन्द्रकुमारी रेग्मीलाई सम्मान गरिएको थियो ।

विजेता विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक केशव बिष्टले गरेका थिए ।

Spread the love



Leave a Reply

Your email address will not be published.