कोशी प्रदेश
जुत्ता चप्पल बनाउने तालीम सम्पन्न, व्यवसायी बन्न प्रशिक्षार्थीलाई आग्रह
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को आयोजनामा भएको जुत्ताचप्पल बनाउने तालीम शुक्रबार समापन भएको छ । तालीममा १४ जना प्रशिक्षार्थीले तालीम लिएका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले प्रशिक्षार्थीले व्यवसायी बन्छु भनेर अघि बढ्नुपर्ने बताइन् । आफूलाई आर्थिक अभाव र इच्छाशक्ति भएमा छिटो व्यवसायी बन्न सहयोग पुग्ने उनको भनाइ थियो ।
‘सीपको सदुपयोग गर्नुपर्छ’, उनले भनिन्, ‘वडा कार्यालयमा गएर आफूलाई आवश्यक परेको तालीम र आवश्यक औजार प्रदान गर्न झक्झक्याउनुहोस् । स्थानीय सरकार तपाईंहरुको साथमा छ । नगरवासीलाई आयमूलक काममा लाग्न र व्यवसायी बनाउन हामी आवश्यक सहयोग गर्न तयार छौँ ।’

वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले आधारभूत तालीम लिएका प्रशिक्षार्थीले सामुहिक प्रतिबद्धता जनाई तालीमको माग गरेमा थप तालीम दिन सकिने बताए । चालु आर्थिक वर्षमा चालु खर्च कटाएर बाँकी रहेको रकमको २० प्रतिशत रकम सामाजिक क्षेत्रमा विनियोजन गरेको उनको भनाइ थियो । महिलाको नाममा उद्योग दर्ता गर्दा ५० प्रतिशत राजस्व छुट हुने हुनाले त्यसको सदुपयोग गर्नुपर्ने उनले बताए ।
नगर कार्यपालिका सदस्य तारा घिमिरेले प्रत्येक वडामा सीप विकाससम्बन्धी तालीम भइरहेको तर तालीम सकिएपछि कति प्रशिक्षार्थी व्यावसायिक बने भनेर अनुगमन भने नभएको बताइन् । तालीमपछि व्यावसायिक हुनेको अभिलेख राख्न सकेमा तालीमको उपलब्धिको बारेमा जानकारी हुने उनको भनाइ थियो ।
वडा सदस्य मीना ओझाले सिलाइकटाइ व्यवसाय गर्नेले यो व्यवसायलाई पनि थप गर्न सक्ने बताइन् । वडाले थप तालीमको लागि सहयोग गर्न सक्ने पनि उनले सङ्केत गरेकी थिइन् ।

समाजसेवी गोकुल न्यौपानेले तालीमपछि प्रमाणपत्र सिरानी हाल्ने अनि फेरि चुलोचौकोमै सीमित हुने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । नेपालभर नमूना व्यवसाय गर्ने गरी सामुहिक रुपमा व्यवसाय गर्न उनले सुझाव दिए ।
प्रशिक्षक मन्दिरा खड्का कार्कीले पढाइभन्दा सीपको बढी महत्व हुने बताइन् । पढाइपछि जागिर खान चाकरी गर्नुपरे पनि सीप सिकेको मानिसले व्यवसाय गरेर वा प्रशिक्षक भएर आय आर्जन गर्न सक्ने बताइन् । आफूबाट प्रशिक्षितमध्ये धेरै जना प्रशिक्षक नै भइसकेको उनले सो अवसरमा उल्लेख गरिन् ।
प्रशिक्षार्थी सरस्वती दाहालले व्यावसायिक बन्न इच्छुकहरुले सामुहिक व्यवसाय गर्ने बताइन् । कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद घिमिरे र भुवनसिंह मगर तथा वडा सचिव कृष्णबहादुर दाहालको पनि उपस्थिति थियो । कार्यक्रम तालीम आयोजक संस्था पकली टेक्नोलोजी इन्स्टिच्युटका निर्देशक बलराम दाहालले सञ्चालन गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login