अर्थ
खोटाङ महोत्सव शुरु
खोटाङः ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासाथ खोटाङ महोत्सव शुरु भएको छ । महोत्सवलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको मूल एजेन्डाको केन्द्रबिन्दुमा उभिएर समृद्धि र सुशासन पस्किने सरकारको लक्ष्य रहेको बताए ।
दिक्तेलस्थित खेलमैदानमा फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा सांसद विशाल भट्टराई, प्रदेशसभा सदस्यहरू रामकुमार राई ‘पासाङ’, राजन राई, उषाकला राई, संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ तथा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजना गरिएको महोत्सवमा स्थानीय कृषि उपज, जडीबुटी, हस्तकला, राष्ट्रिय कृषि प्रविधि, औद्योगिक उत्पादन, बैंक तथा वित्तीय संस्था र सेवा, अटोमोबाइल, सवारीसाधन, फूल, गार्मेन्टलगायत विभिन्न प्रकारका १ सय २० कक्ष रहेको आयोजक खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले बताए ।
महोत्सवले जिल्लाको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा आयोजना गरिएको महोत्सवमा आदिवासी जनजातिको सांस्कृतिक वेशभूषा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक कक्ष, जातीय खानाका मौलिक परिकारको बिक्री तथा प्रदर्शनी राखिएको छ ।
पर्यटनसम्बन्धी प्रचारप्रसार हुँदा जिल्लाका होटल, लजलगायत सेवामूलक उद्योग–व्यवसाय फस्टाउन योगदान पुग्ने अपेक्षा गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
Facebook Comment
अर्थ
स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।
सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’
Banner
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Banner
यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत
सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।
कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।
यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व रहेको छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login