Connect with us
Advertisement

जनकपुरमा फागुन १० देखि खाद्यमेला, मैथिली परिकारको प्रबद्र्धनमा जोड

Published

on

जनकपुरः प्रदेश २ को राजधानी जनकपुरमा तीन दिने प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । मेलामा मैथिली परिकारलाई विशेष महत्व दिई प्रबद्र्धन गरिने आयोजकले जनाएको छ ।

‘परम्परागत, पोसिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले मेलाको आयोजना गरेको हो ।

जनकपुरको तिरहुतियागाछीमा दोस्रो खाद्य मेला आयोजना हुन लागेको आयोजकले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालका अनुसार फागुन १० देखि १२ गतेसम्म लाग्ने सो मेलामा विभिन्न समुदायका प्रचलनमा रहेका र लोप हुन लागेका खाद्य पदार्थको प्रबद्र्धन गर्न मेलाको आयोजना गर्न लागिएको हो । परम्परागत, स्थानीयवासी, अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थलाई प्रवद्र्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यले आयोजना हुने मेलामा ६० ओटा कक्ष रहने भएका छन् ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने मेलामा करीब १५ लाखसम्म खर्च हुने अनुमान गरिएको र २० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको खनालले बताए । खाद्य मेलामा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने सो मेलामा जनकपुरधाम उपमहानगपालिका र उद्योग वाणिज्य संघ, श्रीराम युवा कमिटी र महावीर युवा कमिटी मेलाको सह आयोजकको रूपमा रहेका छन् । क्रियटिभ मिडिया सेन्टर सहयोगीको भूमिकामा रहेको सो मेलामा नटराज प्रोडक्सन र स्थानीय कलाकारले साङ्गीतिक प्रस्तुति पनि दिने भएका छन् ।

निःशुल्क प्रवेश र निःशुल्क स्टलको व्यवस्था भएको मेलामा सहभागी स्टलमध्ये ४ विधामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने स्टललाई पुरस्कृत गरिने खनालले जानकारी दिए । प्रदेश कृषि राज्यमन्त्री योगेन्द्र रायले मेलाको उद्घाटन गर्ने भएका छन् ।

अर्गानिक उत्पादनको बारेमा जानकारी लिँदै खाद्यमेलाका अवलोकनकर्ता

Continue Reading

Facebook Comment

18 Comments

You must be logged in to post a comment Login

Leave a Reply

अर्थ

स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री

Published

on

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।

सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’

Continue Reading

Banner

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Published

on

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Banner

यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत

Published

on

सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।

कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।

यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत  शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व  रहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक