Connect with us
Advertisement

सिद्धार्थको रजत जयन्तीमा अएर शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘बालबालिकाको सीप विकासमा विद्यालयले ध्यान दिनुपर्छ’

Published

on

विराटचोकः सङ्घीय कानुन, न्याय तथा संसदीय विकास मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधानले दिएको अधिकारलाई उपयोग गर्दै विद्यालयले बालबालिकाको सीप विकासमा लाग्नुपर्ने बताएकी छिन् । मोरङको सुन्दरहरैंचा वडा नम्बर १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्तीलाई उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

विद्यालयले गरेको काम सह्रानीय भएको उनको भनाइ थियो । विद्यालयले साहित्य, हस्तकला, चित्रकलालगायतका महत्वपूर्ण विधामा विद्यार्थीलाई सीप दिएको आफूले पाएको उनले बताइन् । विज्ञानको क्षेत्रमा विद्यार्थी अघि देखिएको र त्यसबाट आफू सन्तुष्ट रहेको उनले बताइन् ।

‘मैले एउटा चित्रको अर्थ नबुझेर त्यो चित्र बनाउने विद्यार्थीलाई त्यसको अर्थ सोध्दा उनले समाजको चित्रण गरेको चित्र भएको बताइन् । उनले समाजमा देखिने विभिन्न घटनाको प्रतिनिधिपूर्ण घटना भएको प्रष्ट बताइन् ।’

अहिले हामी संविधान कार्यान्वयन गराउने क्रममा छौ । यस्तो बेलामा तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ । कुनै पनि तहले अर्काे तहको अधिकार खोस्न मिल्दैन । अरुको अधिकारमा कुनै तहले पनि हस्तक्षेप गर्नुहुँदैन ।

‘सङ्घीय संसदले पनि ऐन, कानुन निर्माण गरेको छ । हालसम्म हामीले जनताको मौलिक हकसँग सम्बन्धित १६ ओटा ऐन निर्माण गरिसकेका छौं’, उनले भनिन्, ‘ती ऐनलाई कार्यान्वयन गराउन आवश्यक पर्ने नियमावली बनाउने क्रम पनि द्रुत गतिमा अघि बढिरहेको छ । केही विधेयकमाथि छलफल भइरहेको र त्यसपछि ऐनको रुपमा आउने छ ।’

शिक्षासँग जोडिएका अधिकार विद्यार्थीले पाएको देखियो । राम्रो जनशक्ति विद्यालयले उत्पादन गरेर उदाहरणीय विद्यालय बनेको छ । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई मूर्त रुप दिन र समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको आफूले पाएको उनको भनाइ थियो । सरकारले गर्न सक्ने सहयोग गर्न आफू तयार भएको पनि उनले बताइन् ।

उनले विद्यालयको रजत स्मारक स्तम्भ र विद्यालय भवनको उद्घाटन गर्नुको साथै रजत स्मारिका ‘सिद्धार्थका २५ औँ पाइलाहरु’ पनि विमोचन गरेकी थिइन् ।

 

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक