कोशी प्रदेश
इन्द्रपुर जेसीजको आयोजनामा विराटचोकमा रक्तदान
विराटचोकः इन्द्रपुर जेसीजको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोक बजारमा खुला रक्तदान सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५६ जनाले रक्तदान गरेका छन् । सामाजिक कार्य अन्तर्गत जेसीजले प्रत्येक वर्ष रक्तदान गर्दै आइरहेको र त्यसै अनुरूप रक्तदान कार्यक्रमको आयोजना गरिएको वर्ष २०२० का अध्यक्ष गणेशप्रसाद भट्टराईले बताए । अध्यक्ष भट्टराईले मानिसको बाँच्ने अधिकार भए पनि रगत अभावकै कारण कसैको मृत्यु नहोस् भन्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको बताए ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणि राई रहेका थिए । प्रमुख राईले कार्यक्रममा बोल्दै जेसीज अन्तर्राष्ट्रिय संस्था भएकाले हरेक ठाउँमा मानवताको काम गर्दै आएको बताए । यस्तै राईले देशका यस्ता संस्था सरकारको आँखा नपुगेको ठाउँमा पुग्ने गरेको बताए । रगतले कुनै जात, समाज, वर्ग, समुदाय, नछुट्याउने भएकाले यसले सामाजिक सद्भाव कायम गर्ने हुनाले पवित्रकार्य भएको उनको भनाइ थियो ।
कार्यक्रममा कोशीहरैंचा उद्योग वाणिज्य संङ्घका अध्यक्ष नवराज चापागाई, इन्द्रपुर साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदारप्रसाद गुरागाई, पाथीभरा महिला समाजकी अध्यक्ष प्रमिला दुलाल, इन्द्रपुर जेसीजका पूर्व अध्यक्षहरू, मानार्थ सदस्यलगायतको कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष चापागाईले कयौँ पटक ताजा रगत चाहिने भएकाले ४० वर्ष उमेर मुनिका युवाले अभाव हुने समूहको रगतको बचत गर्नुपर्ने बताएका थिए । यस्तै रक्तदान गरिएको रगत यो क्षेत्रका बिरामीले सजिलै प्राप्त गर्ने वातावरण आयोजक संस्थाले मिलाइदिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम इन्द्रपुर जेसीजका स्वास्थ्य संयोजक बिना सुवेदी आचार्यको संयोजनमा भएको थियो । कार्यक्रमको सञ्ंचालन इन्द्रपुर जेसीजका उपाध्यक्ष समीर बस्नेतले गरेका थिए ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login