निष्पक्षखबर



खोलामा डुबेर एक जनाको ज्यान गयो

इलाम:  खोलामा डुबेर इलाममा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् । इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोलामा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थियो । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालिएको थियो । 

Spread the love



Leave a Reply

Your email address will not be published.