निष्पक्षखबर



यस्तो देखियो बिहीबार साँझ शिव पाञ्चायन मन्दिरमा भक्तजनको भीड

विराटचोकः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको शिव पाञ्चायन मन्दिरमा भइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

बिहीबार साँझ ८ बजे मन्दिर परिसरमा १ हजार हाराहारी भक्तजन उपस्थित भएका थिए । आज शुक्रबार शिवरात्री पनि परेकाले भक्तजनको उल्लेख्य उपस्थिति हुने अनुमान गरेको आयोजकले जनाएको छ । आज शुक्रबार जाग्राम बस्ने कार्यक्रम रहेकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको पुराण आयोजक मूल समारोह समितिकी कोषाध्यक्ष दुर्गा निरौला भट्टराईले बताइन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्षको खुट्टामा प्लाष्टर हुँदा समेत दिउँसो तथा राती नै आएर पुराण सुनिरहेका छन् । त्यस्तै अपाङ्गताको क्षेत्रमा काम गर्ने पार्वता गुरागाईं पनि ह्वीलचेयरमार्फत् पुराणस्थलमा आएर पुराण सुन्ने गर्छिन् ।

Spread the love



One thought on “यस्तो देखियो बिहीबार साँझ शिव पाञ्चायन मन्दिरमा भक्तजनको भीड

Leave a Reply

Your email address will not be published.