कोशी प्रदेश
मुख्य मन्त्री राई द्वारा गौरवको आयोजना भनिएको विराटचोक–घिनाघाट सडक अनुगमन
विराटचोकः प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई जोड्ने विराटचोक–घिनाघाट ४ लेन सडक निर्माणको मुख्य मन्त्री शेरधन राईले अनुगमन गरेका छन् । शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिर बाबु गुरुङ, सचिव राजेशप्रसाद घिमिरे, पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इञ्जिनियर सुशील श्रेष्ठ, प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाललगायतको टोलीले योजनाको अनुगमन गरेको हो ।

अनगमनका क्रममा मुख्य मन्त्री राईले प्रदेशको पहिलो र गौरवको आयोजना भएकाले नमुना सरकको रुममा लिएको र काम सन्तोस जनक रहेको प्रतिक्रीया दिए । हाल निमार्ण भइरहेकोकार्य प्रगति सन्तोसजनक भएको उनको भनाई थियो ।“काम यसरी हुनु पर्छ सडकहरु सिलान्यास हुने तर दशौ वर्ष निमार्ण कार्य सम्पन्न नहुने अवस्थाको यो नमुना सडकको निमार्ण कार्यले तोडेका छ” मुख्य मन्त्रीको भनाई थियो । निमार्णकार्य कुनै बहानामा नरोकिने बताउदै समयमै काम सम्पन्न हुने बताएका छन् । राईले समयमै काम सम्पन्न गर्नेलार्ई प्रदेश सरकारका तर्फबाट सम्मान गर्ने बताए । यस्तै सडकमा रहेका पोल सार्नका लागि टेन्डर आह्वान गरिएको र चाँडै पोल सार्ने, सडक किनारमा रहेका रुख काट्ने, हरैचा बाजारमा रहेको मन्दिरलाई सार्ने कि त्यहि राख्ने भन्ने विषयमा सडकको चौडाई नापेर स्थानीय संग छलफल गरेर टुङ्याउने बताए

राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा २३ भदौमा प्रदेश सरकारको गौरवको योजना मानिएको यो सडक शिलान्यास गरेका थिए । २२ किलोमिटर लामो ४ लेनको यो सडक प्रदेशकै गौरवको योजनाका रूपमा लिइएको छ । २ वर्ष्भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी श्रेष्ठ रमण एपेक्स कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छ । समयमै गौरवको आयोजना सक्ने गरी कामलाई द्रुत गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ । अहिले सकडका सबै भागमा दुवै तर्फको ड्रेन निर्माण गरी माटो पुर्ने र साना पुल निर्माण गर्ने काम धमाधम भइरहेको छ ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login