Connect with us
Advertisement

सलकपुरमा भएको गणेश पुराणको आयव्यय सार्वजनिक, १२ लाख ६२ हजार रुपैयाँ सङ्कलन

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा–८ सलकपुरस्थित पानीट्याङ्कीमा गत माघ १३ गतेदेखि माघ १९ गतेसम्म सञ्चालन भएको गणेश पुराणको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ ।

सो मन्दिरमा गणेशको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा गर्ने, निर्माणाधीन मन्दिर निर्माण गर्ने तथा अक्षयकोषको व्यवस्था गर्ने उद्देश्यका साथ गणेश पुराण आयोजना भएको थियो ।

गणेश पुराणमा कुल आम्दानी १२ लाख ६२ हजार ५ सय ३७ रुपैयाँ ८६ पैसा र खर्च ५ लाख ७१ हजार ६ सय ४७ रुपैयाँ ८६ पैसा भएको बताइएको छ । मन्दिर सेवा समितिका अध्यक्ष इन्द्रबहादुर चापागाईंले वचन दानबाट उठ्न बाँकी १ लाख ४७ हजार ४ सय ३४ रुपैयाँ रहेको उल्लेख गरे । रसीद काटे पनि जम्मा हुन बाँकी रहेको रकम १ लाख २३ हजार ७ सय ८७ रुपैयाँ रहेको पनि जनाए ।

त्यस्तै,  अध्यक्ष चापागाईंले मन्दिर निर्माणदेखि महायज्ञभर भएको आय–व्यय प्रस्तुत गरेका थिए । उनका अनुसार २०७६ असार मसान्तसम्मको कुल आम्दानी १७ लाख ९ हजार ८ सय ९७ रुपैयाँ र खर्च १४ लाख २० हजार १ सय ९९ रुपैयाँ भएको थियो ।

मन्दिरमा आजीवन सदस्य ३ सय ७३ जना रहेको बताइएको छ ।

कार्यक्रममा सुवास काफ्ले, अम्बिका पोख्रेल, रोहित चौधरी, गोविन्द बस्नेत लगायतले मन्दिर व्यवस्थापनको बारेमा आफ्ना धारणा राखेका थिए । उपाध्यक्ष जानुका अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

यस्तो देखियो बिहीबार साँझ शिव पाञ्चायन मन्दिरमा भक्तजनको भीड

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेसँगै बढ्यो कारोबार रकम

Published

on

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढ्न थालेको बजारले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढ्दा फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले वृद्धि भएको छ।

यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ३४१ वटा स्टकको ५५ हजार २०६ पटकको कारोबारमा १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको हो।

कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढ्दा एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतले बढेको छ। हिम स्टार उर्जा कम्पनीको सेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ भने व्यापार र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

Continue Reading

Banner

बजारमा सामान्य सुधार, कारोबार घट्दै

Published

on

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ५६ हजार ३४७ पटकको कारोबारमा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको १ करोड २६ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सालपा विकास बैंकको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने मेगा म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईबिएल समृद्धि फड २ को इकाईमूल्य यस दिन सर्वाधिक ४.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि सामान्य रहेको छ।

Continue Reading

Banner

एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन

Published

on

एपोलो हाइड्रोपावर लिमिटेडले आज (फागुन ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं। ७ र ८ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ। त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.४३ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक