Connect with us
Advertisement

मन्त्रिपरिषद्ले गर्याे विभिन्न निकायमा नियुक्ति

Published

on

काठमाडौंः यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जनाए ।

बैठकले काठमाडौं महानगरपालिका–१४ का शोभा बुढाथोकी र १६ का नारायण नेपाल तथा विराटनगर–४ मोरङका उद्धवचन्द्र घिमिरेलाई नेपाल कानुन आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को महिला सदस्यमा रमा श्रेष्ठ (ललितपुर), जनजाति सदस्यमा हरिन्द्र राई (खोटाङ) र दलित सदस्यमा भोजमान लाम्गादे (इलाम) लाई मनोनित गरेको छ ।

उता, समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत, दिपायलका पूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरेको छ । सो समितिको सदस्यमा टीका बुढाथोकी, ममतादेवी शर्मा उपाध्याय र सरस्वतीदेवी भट्टराईलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

डा. खतिवडाका अनुसार बैठकले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको सदस्य पदमा महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर) लाई नियुक्त गर्न स्वीकृत दिएको छ । आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर–३ कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्त गरिएको खतिवडाले जानकारी दिए ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्यमा डा. सुनन्दा सुन्दास (भोजपुर), डा. रक्षा श्रेष्ठ र डा. कैलाशकुमार भण्डारी (सुनसरी), डा. विनयकुमार ठाकुर (धनुषा) तथा रामप्रसाद न्यौपाने र निशा अधिकारी (चितवन) लाई मनोनयन गरेको छ । नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सञ्जीवकुमार पाण्डेय (महोत्तरी)लाई ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा डा. स्वयम्प्रकाश श्रेष्ठ, डा. युगनाथ घिमिरे, डा. विनायकप्रसाद राजभण्डारी, गोविन्द केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा र यमुना घलेलाई २ वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

Continue Reading

Facebook Comment

22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading

Banner

बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

Published

on

आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।

सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।

विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।

साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।

Continue Reading

Banner

नेपालले जित्यो टस, बहराइनलाई ब्याटिङको निम्तो

Published

on

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भर्खरै सम्पन्न टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेसँगै बहराइनले पहिले ब्याटिङको निम्तो पाएको हो।

सन् २०२७ को एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ मलेसिया पुगेको नेपाल जितसहित प्रतियोगिताको सुखद् सुरुआत गर्ने रणनीतिमा छ। ५० ओभरको यो प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

नेपाल रहेको समूह ‘ए’ मा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक