स्थानीय तह
बेलबारी नगरपालिकाले कक्षा ५ को परीक्षा पनि आफैँ सञ्चालन गर्ने
बेलबारीः कक्षा ८ को मात्रै परीक्षा सञ्चालन गर्दै आएको मोरङको बेलबारी नगरपालिकाले चालु शैक्षिक सत्रको कक्षा ५ को परीक्षा पनि सञ्चालन गर्ने भएको छ ।
निजी तथा सामुदायिक विद्यालयहरूले आफैँ गराउदै आएको परीक्षा नगरपालिकाले गराउन लागेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले बिहीबार संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षासेवीसमेत छलफल गरेको छ । नगरपालिकाले एकै प्रकृतिको शिक्षा लागू गर्ने तयारीसमेत गरेको जनाएको छ ।
एउटै नगरमा भिन्नभिन्न पुस्तक तथा विद्यालय पोशाक समेत फरक भएका कारण समस्या भएकाले एकै प्रकृतिको शिक्षा लागू गर्नका लागि अध्ययन गर्न थालिएको मेयर सुवेदीले बताए । शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउनका लागि नयाँ अभियान थालिने मेयर सुवेदीले बताए । नयाँ शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै एउटा कार्यदल बनाएर अध्ययन गरेर कार्यक्रम लागू गरिने उनको भनाइ छ ।
शिक्षाको गुणस्तरलाई सुधार गर्न यसअघि नै नगरपालिकाले सिल्भर भोलेन्टियर्स कार्यक्रम लागू गरिसकेको छ । सेवानिवृत्त शिक्षक तथा शिक्षण पेशामा आबद्ध हुनका लागि विभिन्न तालीम लिएका शिक्षकलाई समेटेर कार्यक्रम लागू गरिसकिएको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए ।
शिक्षा शाखाकी अधिकृत एलिना बस्नेतका अनुसार एक हप्ता वा सो भन्दा बढी समय शिक्षक बिदामा बस्दा भोलेन्टियर्स शिक्षकले अध्यापन गर्नेछन् । भोलेन्टियर्स शिक्षकले प्राथमिक तहमा अध्यापन गराउँदा दैनिक ५ सय, निम्न माध्यमिक तहमा ७ सय ५० र माध्यमिक तहमा अध्यापन गराउनेलाई १ हजार दिइने उनले बताइन् ।
नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन् । जसमा १२ माध्यमिक तथा २० आधारभूत विद्यालय छन् । संस्थागत विद्यालयको सङ्ख्या ३३ रहेको छ ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login