निष्पक्षखबर



इलाममा माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शुरु

इलामः प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको बिहीबार उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले १३ औँ साग प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनले स्वदेशमा मात्र नभई विश्वमा नै देशको छवि उच्च भएको बताए । हाल देशमा रहेका तीनै तहका सरकारले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

प्रतियोगितामा १० खेलाडी टोलीको सहभागिता रहेको छ । फागुन २४ गते सम्पन्न हुने सो प्रतियोगितामा विजेता हुने टोलीले ८ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक माइभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले बताए ।

Spread the love



Leave a Reply

Your email address will not be published.