निष्पक्षखबर



माईभ्याली गोल्डकपमा आयोजक पुग्यो अघिल्लो चरणमा

इलामः छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको क्वार्टर फाइनलमा आयोजक माईभ्याली फुटबल क्लब पुगेको छ । शुक्रबार भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोल गर्दै आयोजकले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

विदेशी खेलाडी जोर्डन ज्वइनर इन्डाब्ले खेल शुरु भएको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ पछिको इन्जुरी समयमा थप गोल गर्दै जोर्डनले टोलीलाई विजयी गराएका थिए । जीतसँगै आयोजक माईभ्यालीले बाइ पाएको भारतको कोलकत्ता फुटवल क्लबसँग क्वार्टर फाइनल खेल्ने पक्का भएको छ ।

खेलको ‘म्यान अफ द म्याच’ आयोजक माईभ्यालीका जर्सी नं १२ का शिशिर लेखी घोषित भए । उनले रु १० हजार पाए ।

Spread the love



Leave a Reply

Your email address will not be published.