निष्पक्षखबर



‘दले दाइ’ उर्फ कमेडियन सुमन कोइराला भोट माग्दै इटहरीमा

इटहरीः नेपालको पहिलो टेलिभिजन रियालिटी शो ‘कमेडियन च्याम्पियन’ को फाइनलमा पुगेका इटहरीका चर्चित कमेडियन सुमन कोइराला भोट माग्दै गृह नगर इटहरी आएका छन् ।

फाइनल चरण शुरु हुनुअघि इटहरीका आफ्ना शुभेच्छुकलाई भेट्न र भोट माग्न इटहरी आएको उनले बताए । उनलाई भोट दिई जिताउनको लागि नागरिक समाज इटहरीका महासचिव राजु केसी, कस्तुरी कलेज इटहरीका प्राचार्य कमलेश पौडेल, सहयोग संकलन समितिका संयोजक दिनेश कोइराला, पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ लगायतले अपिल गरेका छन् । उनलाई लोक दोहोरी गायक तथा नेकपाका नेता टीकाराम घिमिरेले ५ हजार रुपैयाँ दिएर सहयोग गरेका थिए ।

हिमेश पन्त र खड्गबहादुर पुन मगरसँग प्रतिष्पर्धाको क्रममा रहेका उनले विश्व भ्रमणको पुरस्कार पाइसकेका छन् । उक्त शोको विजेताले नगद २५ लाख रुपैयाँ र २५ लाख रुपैयाँ बराबरको कार पुरस्कार पाउने छन् ।

Spread the love



Leave a Reply

Your email address will not be published.