Connect with us
Advertisement

अंशमुद्दा परेपछि मुख्यमन्त्रीले मुख खोले, ‘२०७२ सालदेखि ममाथि षड्यन्त्र भइरहेको छ’

Published

on

इटहरीः शनिबार प्रेस सङ्गठन नेपाल प्रदेश १ को शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले आफूमाथि २०७२ सालदेखि लगातार षड्यन्त्र भएको बताएका छन् ।

अविवाहित मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा हालेपछि राईले मुख खोलेका हुन् । उनले खड्काको दाबी अस्वीकार गर्दै आफू २०७२ मा सञ्चार मन्त्री भएदेखि नै षड्यन्त्र शुरु भएको बताएका छन् ।

‘२०७२ सालदेखि लगातार लगातार मौसम अनुसार सामाजिक सञ्जाल र केही साना मसिना अनलाइनहरुमा केही कुराहरु मेरो प्रसंगमा आइराखेको सर्वविदितै छ,’ राईले भने, ‘आजसम्म यो प्रसङ्गमा मैले बोलेको छैन, किनभने मेरो कुनै दोष छैन, कमजोरी छैन ।’ अब भने बोल्नुपर्ने अवस्था आएको र चाँडै दूधको दूध पानीको पानी छुट्टिने समय आएको उनले बताएका छन् ।

Continue Reading

Facebook Comment

23 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई ह्वीलचेयर वितरण

Published

on

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले इन्द्रपुरमा यस वर्ष फरक अनुभूति ल्यायो। सामान्य रूपमा कार्यक्रम, भाषण वा प्रतीकात्मक गतिविधिमा सीमित हुने दिन यसपटक इन्द्रपुर जेसीजले प्रत्यक्ष प्रभाव पार्ने कामबाट विशेष बनायो—नगरका पाँच जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपयोगी र जीवन–सहज बनाउने ह्वीलचेयर प्रदान गरेर।

कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज २०२५ का अध्यक्ष आकाश दुलालका अनुसार, “ह्वीलचेयर केवल सहयोग होइन, दैनिक बाँचाइमा आवश्यक स्वतन्त्रताको आधार हो।” दुलालले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र सुरक्षित जीवनयापन सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।

ह्वीलचेयर प्राप्त गर्नेहरूमध्ये सुन्दरहरैंचा–११ की प्रशंसा श्रेष्ठ, वडा नम्बर १० का सुसन लिम्बूकालिमान लिम्बू, वडा नम्बर ९ का अमरबहादुर राई, र वडा नम्बर १ का गोपालबहादुर कार्की थिए। उनीहरूका परिवार र आफन्तका अनुहारमा देखिएको सन्तुष्टि र राहतले कार्यक्रमको उद्देश्य झन् स्पष्ट बनाइरहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि, अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचाकी अध्यक्ष मीना आचार्य, अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायको जिम्मेवारीका रूपमा हेर्नुपर्नेमा जोड दिँदै यस्तो सहयोग निरन्तर हुनुपर्ने बताइन्।

इन्द्रपुर जेसीजको आयोजनामा र इन्द्रपुर जुनियर जेसीजको सह–आयोजनामा भइरहेको ‘जेसीज सप्ताह’अन्तर्गत यो कार्यक्रम विशेष आकर्षण बन्न पुग्यो। कार्यक्रममा महासचिव अजित बान्तवाले सञ्चालन सम्हालेका थिए भने कार्यक्रम संयोजक पार्वती गच्छदारले ह्वीलचेयर वितरण सप्ताहकै महत्वपूर्ण उद्देश्य भएको बताइन्।

Continue Reading

Banner

सर्टको उत्कृष्ट खेलमा लुम्बिनीको शानदार जित, विराटनगर फेरि पराजित

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।

लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो । यस जितमा लुम्बिनीका ओपनर डीआर्सी सर्टको ब्याटिङ निर्णायक बन्यो । उनले सिजनको व्यक्तिगत अर्धशतक प्रहार गर्दै ४४ बलमा ५७ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिके ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक