Connect with us
Advertisement

नेप्सेमा दिनहुँ रेकर्ड बनेको साता

Published

on

विराटचोकः पछिल्लो समय अप्रत्याशित रुपमा नेपाली शेयर बजारमा उत्साह छाएको छ । बजारको सूचक दिनहुँ उच्च अङ्कले बढ्न पुग्यो भने कारोबार भएको रकम, शेयर सङ्ख्या, कारोबार सङ्ख्या, अनलाइन कारोबार सबैले रेकर्ड नै रेकर्ड बनाए । कारोबार हुने अन्तिम दिन बैंक समूह एक्लैले नै बजारलाई उच्च अङ्कले माथि तान्यो । अरु २ समूहको सूचक सामान्य बढ्दा बाँकी ९ समूहका सूचक तल झरे पनि नेप्से २ प्रतिशतले बढ्यो भने कारोबार रकमले नयाँ रेकर्ड बनायो ।

गत साताको पहिलो कारोबार दिन ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार गरी नेप्सेले अघिल्लो साताको अन्तिम कारोबार दिन बनेको उच्च कारोबार रकमको रेकर्डलाई तोडेको थियो । तर, सो रेकर्ड बुधबार ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भई तोडिएको थियो । त्यसको भोलिपल्ट बिहीबार नै ४ अर्ब ४६ करोड बराबरको कारोबार भइ बुधबारको रेकर्ड पनि तोडिएको थियो ।

साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण २० खर्ब ८३ अर्ब पुगेको छ । यो हालसम्मकै सबैभन्दा बढी पूँजीकरण हो । यस अघि उच्च पूँजीकरणको रेकर्ड २०७३ साउन १२ गते बनेको थियो । सो दिन नेप्सेको कुल बजार पूँजीकरण २० खर्ब ७० अर्ब रहेको थियो । सो दिन नेप्से १ हजार ८ सय ८१ बिन्दुमा पुगेको थियो ।

त्यसैगरी, फ्लोटेड बजार पूँजीकरणले पनि यस साता नयाँ रेकर्ड बनाएको छ ।  साताको अन्तिम कारोबार दिन फ्लोटेड बजार पूँजीकरण ७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

 साताको अन्तिम कारोबार दिन १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर खरिदबिक्री भएको छ । २०७३ माघ २७ गते हालसम्मकै सर्वाधिक १ करोड ५४ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको रेकर्ड भने तोडिन सकेको छैन ।

साप्ताहिक कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । गत साता नेप्सेको साप्ताहिक कारोबार रकमले अघिल्लो साताको साप्ताहिक कारोबार रकमको रेकर्ड तोडेको हो । गत साता नेप्सेमा १८ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । अघिल्लो साता ११ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भई सर्वाधिक साप्ताहिक कारोबार रकमको रेकर्ड बनाएको थियो ।

 

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक