Connect with us
Advertisement

यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३)

फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ ।

त्यसै क्रममा २०४३ सालको एसएलसी परीक्षा रद्द भएपछि पढाइलाई थाँती राखी  खुला विद्यालयबाट २०६० सालमा एसएलसी दिई पढ्ने चाहनालाई साकार पारेकी सुन्दरहरैंचा १ की भगवती पौडेलको सङ्घर्ष यहाँ प्रस्तुत गरिएको छ । राजनीति र समाजसेवामा पनि क्रियाशील उनी सुकुना बहुमुखी क्याम्पसको स्नातकोत्तर तहकी नियमित विद्यार्थी हुन् । पिएचडीसमेत गर्ने लक्ष्य लिएकी उनले जीवनमा धेरै सङ्घर्ष गरेकी छिन् ।

झापा जिल्लाको गौरीगञ्जमा जन्मिएकी उनी २०४४ सालमा विवाह बन्धनमा बाँधिएर मोरङ जिल्लाको तत्कालीन हरैंचा–७ मा आइन् । त्यसपछि श्रीमान्सहित उनी राजनीति र समाजसेवामा अघि बढिन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेकी उनी २०४६ सालदेखि नेपाली काङ्ग्रेसको राजनीति गर्दै आएकी छिन् । नेपाली काङ्ग्रेसको भातृ संस्था महिला संघको केन्द्रीय सदस्य, तत्कालीन कोशीहरैंचा नगरपालिकाको नगर विकास अध्यक्षका साथै विभिन्न सहकारी संस्थामा आबद्ध हुँदै र नेतृत्व लिँदै उनी अघि बढिरहेकी छिन् ।

उनीसँगै १५ जनाभन्दा बढी विद्यार्थीको एसएलसी परीक्षा रद्द भयो । उनका अनुसार त्यसबेला परीक्षा सुपरिटेन्डेन्टसँग विवाद गर्ने सबैको परीक्षा रद्द भएको थियो । त्यसबेलको एसएलसीको सिम्बल नम्बर २४५२ उनलाई अझै  पनि याद छ ।

जान्ने विद्यार्थीको पनि यसरी परीक्षा रद्द भएर आउँदा आफूमा मानसिक चिन्ता परेको र त्यही बेला विवाहको कुरा आएपछि विवाह गरेको उनले बताइन् । पछि २०६० सालमा खुला विद्यालयमार्फत् श्री मावि मृगौलिया मोरङबाट उनले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

आफ्नो नाति उमेर समूहका विद्यार्थीसँग बसेर अध्ययन गर्दा आफूलाई कुनै ग्लानि हुँदैन भन्ने प्रश्नमा उनी युवा विद्यार्थीको जोशले आफूलाई अध्ययनमा थप ऊर्जा थप्ने बताउँछिन् । उनीहरुले पनि अभिभावक पाएको महसुस गर्ने गरेको उनले सुनाइन् । ‘यो उमेरमा पनि यसरी आएर पढ्नुहुन्छ । हामीले पनि यो समयलाई खेर फाल्नुहुँदैन भन्ने कुरा गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘यसमा मलाई अत्यन्तै गौरव लाग्छ । कुनै ‘गिल्टी फिल’ पनि हँुदैन । यसैले म अगाडि बढेकोजस्तो लाग्छ ।’ आफूले अध्ययन गर्न थाल्दा सन्तानलाई पनि खुशी लागेको पनि उनले सुनाइन् ।

घरभित्रै बसिरहने र महत्वपूर्ण समय खेर फाल्ने नारीलाई इच्छाशक्ति जगाएर शिक्षालाई अगाडि बढाउन उनी सुझाव दिन्छिन् । आफूमा इच्छाशक्ति जाग्नुको कारण उनले यसरी बताइन् ।

‘म एउटा सहकारी संस्थाको तालीममा काठमाडौं गएकी थिएँ र त्यो तालीममा आफ्नो परिचय दिँदा आफ्नो शैक्षिक अवस्था पनि भन्नुपथ्र्याे । मैले त्यहाँ आफूले एसएलसी पास गरेकी भनेर ढाँटेँ । त्यहाँ त्यसरी ढाँटेपछि अब मैले साँच्चै एसएलसी पास गर्नुपर्छ भन्ने लाग्यो ।

घरमा आएर अब म पढ्छु भनी श्रीमान्सँग भन्दा ‘पढ्नु नि त पढेर पास गर्नू । ९ कक्षादेखि पढ्नू…’ भनेर अलिकति बिझ्ने तरिकाले भन्नुभयो । मलाई नरमाइलो लाग्यो । त्यसपछि अलि इख लिएर खुला विद्यालयमा भर्ना भएँ र एसएलसी दिएँ । त्यो दिनको नरमाइलो पलले यो अवस्थामा ल्यायो ।’

खुला विद्यालयमा भर्ना भएपछि परिवारबाट उनले राम्रो सहयोग पाइन् । गाउँका मान्छे भने कुरा काट्न थाले । पढ्न थालेको थाहा पाउनेले ‘मर्ने बेलामा हरियो काँक्रो …’ भनी खिसी गर्न थाले । उनी समाजसेवा र राजनीतिमा पनि लागेकी महिला भएकी हुनाले तालीम, मिटिङ या त्यस्तै अन्य काममा हिँडेको भनेर ढाँट्न थालिन् । बाटो परिवर्तन गर्दै विद्यालय जान थालिन् । तर जुन बाटोबाट जाँदा पनि गाउँलेले सोध्ने क्रम रोकिएन । बारम्बार झुट बोलिरहनुभन्दा उनले अर्काे निर्णय गरिन् । खुला विद्यालयमा बिहान ६ बजेदेखि पढाइ हुन्थ्यो । उनको घरबाट विद्यालय पुग्न १ घण्टा पैदल हिँड्नुपथ्र्याे । तर उनी ४ बजे नै उठेर विद्यालय जान थालिन् । जसले गर्दा बारम्बार एउटै प्रश्नको सामना गर्न कम भयो ।

अहिले समग्र महिलाको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनी तीन ओटै तहका निर्वाचन सम्पन्न भइसक्दा पनि महिलालाई अझै पछि नै पारिएको देखिएको उनको ठम्याइ छ । अहिले महिला सक्षम भइसकेका छन् भनिन्छ, तर स्थानीय तहलगायतका अन्य विभिन्न क्षेत्रमा महिलालाई प्रमुख पद दिन हिच्किचाइन्छ । महिला भएकै कारण दोस्रो दर्जाको रूपमा हेरिने परिपाटीले गर्दा महिला खुशी हुने अवस्था नआएको हुनाले नेतृत्व तथा व्यक्तित्व विकास आवश्यक भएको उनको भनाइ छ ।

पितृसतात्मक सोचको धङधङी अझै पनि नगएकै कारण पराम्परा बनेको हैकमवादले नछोडेको उनको अनुभव छ । महिलालाई अघि बढाउँदा हामी तल पछौंँ, हामी त पुरुष हो नि कहाँ महिलालाई अगाडि बढाउने भन्ने भावना अझै कायमै रहेको उनी बताउँछिन् । एक दुइ जना महिला सत्तामा गए भन्दैमा नहुने बताउँदै समग्र महिलाको अवस्थालाई चित्रण गर्दा अहिले पनि महिलाको अवस्था दयनीय रहेको उनले बताइन् ।

नारी दिवसको अवसरमा महिलालाई के भन्न चाहनुहुन्छ भन्दा दिवस औपचारिकताजस्तो मात्रै भएको र पुरानै अधिकार तथा माग अझै पनि माग्नुपर्ने अवस्था आएको उनले खुलाइन् । सन् १९७७ मा संयुक्त राष्ट्र संघले सबै देशका प्रतिनिधिलाई बोलाएर महिलाका लागि अधिकारका साथै समान काममा समान ज्याला पाउनुपर्छ भने पनि त्यो अझै पूरा नभएको र महिला हिंसा दिनानुदिन बढिरहेको देखिएको उनले बताइन् । दुरदराजका महिलालाई राज्यले नहेरेको र आरक्षण निर्धारण गरेर मात्रै अधिकार नपाइने पनि उनले सुनाइन् । राज्यको फितलो कानुनले गर्दा नै दिनप्रतिदिन हिंसाका घटनाले प्रश्रय पाएको र हिंसाको उजुरी दिन जाँदा उजुरी नलिने र घटनालाई राजनीतिक रङ दिनुले महिला अधिकार नारामा मात्रै सीमित देखिएको उनले प्रष्ट्याइन् ।

पछिल्लो दिनमा पुरुष हिंसा बढेको पाउनुभएको छ कि छैन भन्ने प्रश्नमा उनले

महिला हिंसाभन्दा पनि पुरुष हिंसा अझै बढेर गएको बताइन् । बेरोजगार युवालाई राज्यले रोजगारीको सिर्जना नगरेका कारण दैनिक घर खर्च चलाउन, छोराछोरीलाई शिक्षा दिन नसकेकै कारण विदेशिनुपर्ने बाध्यताकै परिस्थितिले र जिम्मेवार युवा सर्टिफिकेट हातमा बोकेर खाडी मुलुक जाने परिस्थिति आउनु दुर्भाग्यपूर्ण भएको उनले बताइन् । त्यहाँबाट ल्याएको रेमिट्यान्सले देशको आर्थिक स्थिति मजबुत बनाए पनि देशको लागि दुर्भाग्यपूर्ण रहेको र  महिलाले आफ्नो अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने गर्नाले परिवार तहसनहस हुने समस्या पनि बढिरहेको उनको भनाइ थियो । विदेशबाट  घर आउँदा सम्पत्ति र श्रीमती दुवै नहुँदा त्यस्ता युवा मारमा परेको उनले सुनाइन् ।

विलासी जीवन बिताउने र देखासिकी गर्ने परिपाटीले पारिवारिक जिम्मेवारीबोध हराउँदै गएको उनले बताइन् । यस्ता घटना हुन नदिन घरपरिवार, समाज, राष्ट्रको दायित्व र आफ्नो दायित्व भुल्न नहुने उनको भनाइ छ ।

कर्तव्यबोधका लागि सचेत भई अघि बढ्दा मात्रै नारी दिवसको औचित्य र उद्देश्य पूरा हुने उनको भनाइ छ । महिला आर्थिक रूपमा सबल नभएका कारण पुरुषमा र परिवारमा आश्रित हुनुपर्ने भएका कारणले पनि अधिकार मात्रै खोज्ने तर कर्तव्य भुल्ने परिपाटी मौलाएको उनको ठहर छ ।  केही महिलाले नेतृत्व ग¥र्यौँ भनेर खुसी मानेर बस्ने अवस्था नभएको हुनाले दुरदराजका दिदीबहिनीको आवाजलाई बुलन्द गरे मात्र सभ्य र संस्कारवान् समाज बन्न सक्छ ।

सरकारले महिलाका लागि धेरै किसिमका सीपमूलक तालीम ल्याए पनि ती तालीम प्रभावकारी नभएको देखिएको उनको भनाइ छ । कहाँ कस्तो तालीम दिँदा उपयुक्त हुन्छ भनेर अध्ययन गर्नुपर्ने तथा त्यहाँ तालीम दिएपछि कत्तिको प्रभावकारी भयो भनेर अनुगमन गरिनुपर्ने उनले औँल्याइन् । राम्रो तालीम लिए पनि तालीमपछि व्यवसाय गर्न आर्थिक अभाव हुँदा कतिपय प्रशिक्षार्थीले तालीम लिएर पनि व्यावसायिक बन्न नसकेका हुनाले त्यस्ता सीप भएका व्यक्तिको अवस्थालाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, तालीमको आयोजना गर्दा मेरो मान्छेलाई तालीम दिलाउनुपर्छ भनी जथाभावी सिफारिश गराउने तर तालीम लिन योग्य छ कि छैन त्यो चाहिँ नहेर्ने परिपाटी खतरापूर्ण भएको पनि उनले सुझाइन् । मेरो मान्छे तालीममा पर्नुप¥यो भन्ने अनि बारम्बार एउटै मान्छेले धेरै तालीम लिए पनि व्यावसायिक बन्न पहल नगर्नेप्रति कडाइ गर्नुपर्ने उनको सुझाव छ । सीपमूलक तालीम कार्यक्रमबाट कमै महिलामात्र स्वरोजगार भएको बताउँदै तालीममा सहभागी हुने व्यक्ति छनोट गर्ने प्रक्रिया नै गलत भएको उनले खुलाइन् ।

नारी दिवस मनाइरहँदा नारीभित्रका पीडा, व्यथा कुण्ठा दिवसले पहिचान गर्न सकोस् भन्ने उनको शुभकामना छ । राज्य तत्काल गर्नुपर्ने दायित्व र अधिकारबाट पछि हटेको हो कि जस्तो लागेकाले राज्य चनाखो भएर अघि बढ्नुपर्ने सुझाव उनको छ । राज्यले बनाएको कानुन कार्यान्वयन नहुँदा नारीका पीडा भयावह अवस्थामा रहेको तथा विदेशमा गएर आँशु पिएर बस्ने नारीको अनुहारमा अहिलेसम्मका नारी दिवसले खुशी ल्याउन नसकेको बताउँदै आगामी नारी दिवसले सबैमा खुशी ल्याउन सकोस् भन्ने उनको कामना छ ।

महिला हिंसा न्यूनीकरण गर्न पुरुष दाजुभाइको सुसंस्कारको विकास हुन जरुरी रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकले वृद्धाश्रमसम्म पुग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्ने उनले उल्लेख गरिन् । शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालय जाने वातावरण मिलाउनुपर्ने उनको सुझाव छ ।

अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)

केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)

Continue Reading

Facebook Comment

3 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।

शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।

नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।

नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।

नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

Continue Reading

Banner

पुसमा गाडी दुर्घटनाः २ सय ३८ जनाले ज्यान गुमाए

Published

on

गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २ सय ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५ सय ४९ वटा गाडी दुर्घटना हुँदा २ सय ३८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ सय ९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।

पुसमा गाडी दुर्घटनामा ६ सय ६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

पुस महिनामा सबैभन्दा धेरै २ हजार ३ सय ८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७ सय ३६, बस १ सय ८०, टेम्पो २ सय ४७ वटा दुर्घटनामा परेका छन् । २ सय ८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९ सय ६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

Continue Reading

Banner

पियु सेवा आयोग अध्यक्षमा प्रा.डा. अधिकारी

Published

on

पूर्वाञ्चल विश्वविद्यालय (पियू) को सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा प्राध्यापक समी लामा नियुक्त भएका हुन् ।

२९ जना प्राज्ञिक व्यक्तित्वहरूले आवेदन दिएको यस पदमा २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी र लामाको जोडीले आयोगको कमान्ड सम्हाल्ने अवसर पाएको हो । विश्वविद्यालयको सेवा आयोगमा हुने नियुक्तिलाई निकै चासोका साथ हेरिएको थियो । नवनियुक्त अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारीले आफ्नो झन्डै तीन दशक लामो प्राज्ञिक अनुभवलाई अब विश्वविद्यालयको जनशक्ति व्यवस्थापन र वृत्ति विकासमा खर्चिने बताएका छन् ।

अधिकारीले २०५३ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सेवा सुरु गरेका थिए । त्यसपछि उनी २०५७ सालमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्थायी भए ।

उनी शैक्षिक र प्रशासनिक दुवै क्षेत्रमा खारिएका व्यक्तित्व हुन् । उनी २०६३ सालमा रिडर (सह–प्राध्यापक) भए भने २०६९ सालमा प्रोफेसर भए । भौतिक शास्त्रका विज्ञ अधिकारीले सन् २०१२ मा छिमेकी राष्ट्र भारतबाट उच्च शिक्षा हासिल गरेका हुन् । ‘मैले २०१२ मा भारतको टीएम भागलपुर युनिभर्सिटीबाट फिजिक्स विषयमा पीएचडी गरेको हुँ,’ उनले भने ।

भोजपुरमा जन्मिएका अधिकारी हाल विराटनगर–१ का स्थायी बासिन्दा हुन् । उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा लामो समय विभागीय प्रमुखका रूपमा काम गरे भने ६ वर्षसम्म रिसर्च म्यानेजमेन्ट सेलको नेतृत्व समेत सम्हालेका थिए । प्रा.डा. अधिकारीसँग पूर्वाञ्चल विश्वविद्यालय मात्र नभई त्रिभुवन विश्वविद्यालय र खुला विश्वविद्यालयमा समेत काम गरेको अनुभव छ । ‘मैले पूर्वाञ्चल विश्वविद्यालयको एकेडेमिक काउन्सिलमा ३ वर्ष र स्ट्यान्डिङ कमिटीमा पनि काम गरेँ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम बनाउने विषय समितिमा झन्डै १२ वर्ष बसेँ, जुन तीन टर्म हुन आउँछ,’ उनले भने ।

त्यस्तै, विश्वविद्यालयहरूको गुणस्तर मापन गर्ने क्युए प्रक्रियामा उनले कोर्डिनेटरको रूपमा ६ वर्ष बिताएका छन् । स्वास्थ्य शिक्षाको क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोग छनोट समितिमा ३ वर्ष सदस्य रहेर काम गरेको अनुभवले उनलाई अबको नयाँ जिम्मेवारीमा थप सहज हुने देखिएको छ । ‘मैले खुला विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिमा २ वर्ष र त्रिभुवन विश्वविद्यालयको फ्याकल्टी बोर्डमा ३ वर्ष काम गरेको छु,’ उनले आफ्नो अनुभवको फेहरिस्त सुनाए ।

लामो समयदेखि सेवा आयोगमा पदाधिकारी नहुँदा शिक्षक र कर्मचारीहरूको वृत्ति विकास ठप्प प्रायः थियो । पदभार ग्रहण गरेसँगै अधिकारीले ती फाइलहरू पल्टाउन थालिसकेका छन् । उनले भने, ‘अहिले मैले फाइलको अध्ययन गर्दैछु । बढुवा प्रक्रियाहरू अलिकति रोकिएको छ, त्यसलाई अगाडि बढाउन कोसिस गर्दैछु ।’

बढुवा मात्र नभई नयाँ जनशक्तिको लागि खुला प्रतियोगिता गराउनु पर्ने दायित्व पनि उनीमाथि छ । ‘खुला प्रतियोगिताको लागि लिखित परीक्षाहरू गराउनुपर्ने र विज्ञापन खोल्नुपर्ने कुराहरू रहेछन्, म त्यो प्रक्रिया अगाडि बढाउँछु भनेर सरहरूलाई भनिसकेको छु,’ उनले भने ।

तर, हाल निर्वाचनको आचारसंहिता लागेको कारण केही काम रोकिने उनले बताए । ‘अहिले चुनाव पनि छ, त्यसैले आचारसंहिताका कुराहरू हुन्छन् । नयाँ कुराहरू तत्काल गर्न सकिँदैन । निर्वाचन आयोगको सहमतिमा पुराना कामहरू के–के गर्न सकिन्छ, त्यसको थालनी गर्छौँ,’ उनले भने ।

यो नियुक्ति राजनीतिक भागबन्डा भन्दा पनि योग्यता र प्रतिस्पर्धाका आधारमा भएको दाबी गरिएको छ । शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको तीन सदस्यीय छनोट समितिले २९ जना आवेदकहरूको कार्ययोजना र बायोडाटा अध्ययन गरी प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।

विश्वविद्यालयमा हाल करिब ३५० कर्मचारी र करिब २०० शिक्षकहरू कार्यरत छन् । यी जनशक्तिको उचित व्यवस्थापन र नयाँ दक्ष जनशक्तिको भर्ना नै आयोगको मुख्य चुनौती हो । नवनियुक्त सदस्य प्राध्यापक समी लामा र अध्यक्ष अधिकारीको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगलाई कत्तिको प्रभावकारी र पारदर्शी बनाउँछ, त्यो भने आगामी दिनले देखाउनेछ ।

तर, लामो अनुभव बटुलेका प्रा.डा. अधिकारीको आगमनले विश्वविद्यालयका शिक्षक र कर्मचारीहरूमा भने उत्साह जगाएको छ । उनले पनि आफ्नो भूमिका अनुसारको जिम्मेवारी तदारुकताका साथ निर्वाह गर्ने बताएका छन् ।

हाम्रो मतबाट साभार

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक