कोशी प्रदेश
नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न
विराटचोक समानताको पुस्ता अन्त्य गरौं हिंसा, विभेद र असमानता भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । मिलन घिमिरेको सभापतित्वमा आज के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन्, हिंसा भएमा के गर्ने, हिंसा न्यूनीकरण गर्न के गर्ने, महिला अधिकार वा सशक्तीकरण किन आवश्यक छ, हिंसाका दोषी को हुन सक्छन्, हिंसाबाट वच्न के गर्ने, कसरी आत्मरक्षा गर्ने सम्बन्धमा संघले अन्तर्कृया एवम् सचेतना जगाएको छ ।
कार्यक्रममा कुरोदय मार्सल आर्टस संघ प्रदेश न. १ प्रमुख प्रशिक्षक प्रकाशमान बस्नेत प्रमुख अतिथी थिए भने सामाजिक अभियान्ता एवम् माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारी, कुरोदय बेलबारीकी अध्यक्ष शितल राय, महिला व्यवसायी पदमा भट्टराई, महिलाकर्मी एवम् नाटककार बिमला कार्कीडोली, हिंसा पिडित तुलसा पौडेल लगायतको उपस्थिती रहेको थियो । समाजमा बलात्कार, दाइजो प्रथा, देउकी प्रथा, बोक्सी, छुवाछुत, श्रम शोषण, लैंगिक विभेद जस्ता विभिन्न महिला हिंसाहरु बिधमान रहेको र महिलाहरुमा शिक्षाको कमि, शारीरिक रुपमा महिला कमजोर हुनु, आत्मसक्षम नहुनु, पुरुष प्रधान समाज, सशक्तीकरणको अभाव, मादक पदार्थ सेवन, परम्परागत मान्यता, कुरिती, धार्मिक प्रचलन आदि कारणले महिला हिंसाहरु थुप्रै हुने गरेको अन्तरक्रियाले निष्कर्स निकालेको छ ।

कुनैपनी प्रकारको हिंसा भएमा सहनु हुदैन र त्यसको कानुनी उपचार खोज्नुपर्दछ । महिला र पुरुष दुबैको हातेमालो, सामुहिक सोच, एक आपसमा सम्मान एवम् सद्भाव र पुरुषवादी एकल सोचको अन्त्यले मात्र हिंसा न्यूनीकरण हुन सक्दछ । अधिकार र सशक्तिकरणले महिलाहरुको सामाजिक अवस्था उकास्न सकिन्छ । घरेलु एवम् सामाजिक महिला हिंसाको शिकार पुरुषबाट महिला वा महिलाबाटै महिला पनि हुन सक्दछन् । हिंसाबाट बच्न सावधानी अपनाउने, समाजमा सचेतना जगाउने, सशक्तीकरण गर्ने र आत्मरक्षा सम्बन्धि सिपहरुको बिकास गर्ने जस्ता कार्य गर्नुपर्ने कार्यक्रमले साझा धारणा समेत बनाएको छ । कार्यक्रमका सभापति घिमिरेले महिला हिंसा विरुद्धमा सबै युवा एकताबद्ध भई जुट्नुपर्ने बताए ।

सबैको सामुहिक सोच, सकारात्मक चेत र प्रयत्नले मात्र महिला हिंसा कम गर्न सकिने उनले बताए । कार्यक्रममा बोल्दै माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारीले आफुले समानताका निम्ति विगतमा हतियार समेत उठाएको बताइन् । सामाजिक रुपमा छोरा र छोरी बिचको खाडललाई पुर्न सके मात्र सुन्दर र सम्मुन्त समाज बन्ने उनको भनाई थियो । त्यस्तै महिला ब्यवसायी पद्मा भट्टराईल्र महिलाहरु आत्मनिर्भर बन्न सके हिंसाको सामना गर्नु नपर्ने बताइन् । उनले धेरै हदसम्म महिला हिंसा महिलाबाटै हुने गरेकोले सबैको सोचमा परिवर्तन गर्नुपर्ने बताइन् । कार्यक्रममा विभिन्न सचेतनामुलक सांस्कृतिक नृत्य, गित तथा प्रोजेक्टरबाट भिडियोहरु समेत देखाइएको थियो । ज्ञानु घिमिरे, बिनिता अधिकारी, मोनिका ढकाल, रन्जित दास, तुलसा पौडेल, प्रमोद गेलाल लगायतले महिला हिंसा बिषयमा आफ्नो सान्दर्भिक धारणा समेत प्रस्तुत गरे । सुन्दरहरैचा भरका युवा तथा महिलाहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रम माइक्रो एकेडेमीको हल बिराटचोकमा संचालन भएको हो । प्रत्येक बर्ष मार्च ८ लाई विभिन्न कार्यक्रम गरि अन्तरास्ट्रिय नारी दिवसको रुपमा मनाउदै आइएको छ
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login