Connect with us
Advertisement

नोबेल सञ्चालक डा.शर्माद्वारा सुन्दरहरैंचामा एम्बुलेन्स प्रदान, गरिबलाई निःशुल्क सेवा दिने घोषणा

Published

on

विराटचाेक: नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको सुन्दरहरंैचामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले सुन्दरहरैंचा–१२ शुक्रबारे स्थित शक्रेश्वर शिव पञ्चायन मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका हुन् ।

       एम्बुलेन्स हस्तान्तरणका लागि मन्दिर परिषरमा आयोजित कार्यक्रममा डा.शर्माले मन्दिर व्यवस्थापन समिति अध्यक्ष जयकुमार श्रेष्ठलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरणपछि बोल्दै डा.शर्माले गरिब तथा बिपन्न बिरामीलाई सेवा पुर्याउँन एम्बुलेन्स दिएकाले गरिबलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने घोषणा पनि गरेका छन् । ‘गरिब बिपन्नलाई सेवा पुर्याउँनका लागि एम्बुलेन्स उपलब्ध गराएका हौ ।’ उनले भने ‘पैसा हुँनेहरुले अरु एम्बुलेन्सले लिने रेटको आधा तिर्नुहोस्, नहुँने गरिब बिपन्नले निःशुल्क एम्बुलेन्स सेवा पाउँँनुहुन्छ ।’ डा.शर्माले मन्दिरको व्यवस्थापनका लागि एक लाख रुपैंयाको अक्षयकोष निर्माण गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव ढकाल र कांग्रेस महासमिति सदस्य ललित श्रेष्ठले धन मात्र नभई मन पनि उत्तिकै रहेका डा.शर्माले गरिब दुखीको सेवालाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे । सुन्दरहरैंचा–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, सुन्दरहरैंचा–११ का वडाध्यक्ष विशनलाल चौधरी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयकुमार श्रेष्ठ लगायतले एम्बुलेन्सबाट सुन्दरहरैंचाबासीलाई धेरै राहत मिल्ने भन्दै एम्बुलेन्स दाता डा.शर्माको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा दोसल्ला र प्रमाणपत्र प्रदान गरी डा.शर्मालाई सम्मान एवं अभिनन्दन पनि गरिएको छ । डा.शर्माले केहि दिन अघि कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा पनि एम्बुलेन्स प्रदान गरेका थिए । उनले यसअघि मोरङको पथरीशनिश्चरे, इटहरा र पाँचथरमा पनि एम्बुलेन्स प्रदान गरिसकेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक