मुख्य
नेपालको संविधानसम्बन्धी जानकारी (भाग १)
नेपालको संविधान भन्नाले के बुझिन्छ ?
– देशको शासन व्यवस्था सञ्चालन गर्ने राज्यको आधारपत्र नै संविधान हो ।
– संविधानलाई राजनीतिक सहमतिको कानुनी दस्तावेजको रूपमा रहेको देशको मूल कानुन तथा कानुनको पनि जननी (Mother of Law) पनि भनिन्छ ।
– संविधान लिखित तथा अलिखित दुवै रूपमा पाउन सकिन्छ ।
– संविधानले देशको कार्यपालिका, व्यवस्थापिका, तथा न्यायपालिका एवम् विभिन्न संवैधानिक निकायको संरचना तयार गर्ने गर्दछ ।
– संविधानसँग बाझिएको कानुन अदालतबाट अमान्य वा बदर हुन्छन् ।
नेपालमा हालसम्मका संविधानहरू
१) नेपाल सरकारको वैधानिक कानुन, २००४
२) नेपालको अन्तरिम शासन विधान, २००७
३) नेपाल अधिराज्यको संविधान, २०१५
४) नेपालको संविधान, २०१९
५) नेपाल अधिराज्यको संविधान, २०४७
६) नेपालको अन्तरिम संविधान, २०६३
७) नेपालको संविधान, २०७२
नेपालको संविधान
– ३५ भाग, ३०८ धारा र ९ अनुसूची ।
– २०७२ साल असोज ३ गते आइतबारबाट प्रारम्भ भएको ।
– पहिलो संशोधन २०७२ माघ ९ गते (धारा ४२, र धारा २८६)
– संविधान सभावाट संविधान बनाउने नेपाल ४४ औं राष्ट्र हो ।
नेपालको संविधानका विशेषताहरू
– संविधान सभाबाट पारित गरी जारी भएको नेपालको पहिलो संविधान ।
– नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको ।
– नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको ।
– सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य प्रतिबद्धता प्रस्तावनामा नै उल्लेख भएको ।
– ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको ।
– नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा रहेको ।
– आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था भएको ।
– पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था गरिएको ।
– दलित र ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा उल्लेख गरिएको ।
– राज्यको संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरिएको ।
– नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा निहित रहने व्यवस्था रहेको ।
– प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनसहितको एक संघीय व्यवस्थापिका रहने व्यवस्था गरिएको । जसलाई संघीय संसद भनिनेछ ।
– प्रतिनिधि सभा २७५ सदस्य र राष्ट्रिय सभा ५९ सदस्य रहने व्यवस्था गरिएको ।
– एउटै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा एकैपटक उम्मेद्वार हुन नपाउने व्यवस्था गरिएको ।
– नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदमा पेश गर्ने व्यवस्था संविधानमा नै उल्लेख गरिएको ।
– सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी तीन तहको अदालत रहने व्यवस्था गरिएको ।
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगलाई पहिलोपटक संवैधानिक निकायको रूपमा उल्लेख गरिएको ।
– राष्ट्रिय महत्वका विषयमा संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई सदस्यको बहुमतको निर्णयबाट जनमत संग्रह गर्न सकिने व्यवस्था रहेको ।
– नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सक्ने व्यवस्था रहेको ।
– संवैधानिक परिषदको सिफारिशमा नियुक्ति हुने पदमा संसदीय सुनुवाइको व्यवस्था गरिएको ।
– प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली स्वीकार गरिएको ।
– नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन प्रणालीलाई स्वीकार गरिएको ।
– पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहेको ।
नेपालको संविधान अनुसार राष्ट्र भन्नाले के बुझिन्छ ?
नेपालको संविधान २०७२ को धारा ३ मा उल्लेख भएअनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।
मौलिक हक
– राज्यको मूल कानुन संविधानमा उल्लेख भएको र उल्लङ्घन भएमा उपचारको व्यवस्था पनि संविधानमा नै व्यवस्था हुने अधिकार मौलिक अधिकार हो ।
– मानव अधिकारको क्षेत्रभित्र पर्ने अधिकारहरूमध्ये संविधानले नै तोकिदिएको अधिकार मौलिक अधिकार हो ।
– मौलिक अधिकारसँग बाझिने कानुन Judicial Review द्वारा अदालतबाट बदर हुनेछ ।
– राज्यका विरुद्ध नागरिकलाई प्राप्त हुने अधिकार मौलिक हक हो ।
नेपालको संविधानमा उल्लेख भएका मौलिक हकहरू ( धारा १६ देखि धारा ४६ सम्म ४१ वटा)
धारा १६ ः सम्मानपूर्वक बाँच्न पाउने हक
धारा १७ ः स्वतन्त्रताको हक
धारा १८ ः समानताको हक
धारा १९ ः सञ्चारको हक
धारा २० ः न्यायसम्बन्धी हक
धारा २१ ः अपराधपीडितको हक
धारा २२ ः यातनाविरुद्धको हक
धारा २३ ः निवारक नजरबन्द विरुद्धको हक
धारा २४ ः छुवाछुत तथा भेदभाव विरुद्धको हक
धारा २५ ः सम्पत्तिको हक
धारा २६ ः धार्मिक स्वतन्त्रताको हक
धारा २७ ः सूचनाको हक
धारा २८ ः गोपनीयताको हक
धारा २९ ः शोषण विरुद्धको हक
धारा ३० ः स्वच्छ वातावरणको हक
धारा ३१ ः शिक्षासम्बन्धी हक
धारा ३२ ः भाषा तथा संस्कृतिको हक
धारा ३३ ः रोजगारीको हक
धारा ३४ ः श्रमको हक
धारा ३५ ः स्वास्थ्यसम्बन्धी हक
धारा ३६ ः खाद्यसम्बन्धी हक
धारा ३७ ः आवासको हक
धारा ३८ ः महिलाको हक
धारा ३९ ः बालबालिकाको हक
धारा ४० ः दलितको हक
धारा ४१ ः ज्येष्ठ नागरिकको हक
धारा ४२ ः सामाजिक न्यायको हक
धारा ४३ ः सामाजिक सुरक्षाको हक
धारा ४४ ः उपभोक्ताको हक
धारा ४५ ः देश निकाला विरुद्धको हक
धारा ४६ ः संवैधानिक उपचारको हक
नागरिकका कर्तव्य
नेपालको संविधानको भाग ३ धारा ४६ अनुसार प्रत्येक नागरिकका कर्तव्य देहाय बमोजिम हुने उल्लेख छ ।
१) राष्ट्रप्रति निष्ठावान हँुदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
२) संविधान र कानुनको पालना गर्नु,
३) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
४) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।
नेपालको संविधान अनुसार दलितका हकहरू उल्लेख गर्नुहोस् ?
नेपालको संविधानको भाग ३ धारा ४० मा दलितको हकसम्बन्धी उल्लेख गरिएको छ । दलितको हकलाई मौलिक हकको रूपमा पहिलो पटक यो संविधानमा उल्लेख गरिएको हो । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
– राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने ।
– सार्वजनिक सेवालगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्ने ।
– दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था हुने ।
– प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्ने ।
– दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुनबमोजिम विशेष व्यवस्था गर्ने ।
– दलित समुदायलाई आफ्नो परम्परागत पेशा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुने ।
– राज्यले दलित समुदायका परम्परागत पेशासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सीप र स्रोत उपलब्ध गराउने ।
– राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एक पटक जमीन उपलब्ध गराउने ।
– राज्यले आवासविहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने ।
– दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण हुने ।
Facebook Comment
Banner
इजरायल र दक्षिण कोरिया रोजगारी प्रक्रियामा रहेका उम्मेदवारलाई धैर्य गर्न सरकारको आग्रह
युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियामा रोजगारीका लागि प्रक्रियामा रहेका नेपाली श्रमिकलाई नयाँ विज्ञापन तथा निर्धारित प्रणालीअनुसार अगाडि बढ्न आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै इजरायलतर्फ ‘लोटरी आउट’ भएका तथा दक्षिण कोरिया को रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रतीक्षारत उम्मेदवारलाई संयमता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार नेपाल र इजरायलबीच सन् २०२० मा सम्पन्न श्रम सम्झौता अनुसार केयर गिभर क्षेत्रका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । तीमध्ये अधिकांश श्रमिक इजरायल पुगिसकेको र बाँकीको प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ ।
इजरायल जान प्रतीक्षारत युवाहरूले हालै माइतीघर मण्डला मा प्रदर्शन गरेपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिअनुसार इजरायली निकाय ‘पिबा’ को लटरी प्रक्रियामा छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारको विषयमा नेपाल सरकारले कूटनीतिक पहल गरेको जनाएको छ । तर इजरायल पक्षले हालको प्रक्रियाभित्र उनीहरूलाई समावेश गर्न नसकिने र आगामी दिनमा खुल्ने नयाँ आवेदन प्रक्रियामा पुनः सहभागी हुन सक्ने जानकारी दिएको मन्त्रालयले उल्लेख गरेको छ ।
यसैबीच, ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका उम्मेदवारको हकमा पनि दुई देशबीचको श्रम समझदारी र स्थापित प्रणालीअनुसार नै प्रक्रिया सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरे द्वारा जारी विज्ञप्तिमा कोरियासम्बन्धी प्रक्रिया निर्धारित मापदण्डअनुसार नै अघि बढ्ने भएकाले अनावश्यक दबाब वा अतिरिक्त माग आवश्यक नरहेको उल्लेख गरिएको छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रहसमेत गरेको छ ।
Banner
ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै
विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।
शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।
भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।
आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।
प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१
Banner
सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह
पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।
ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।
सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।
उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login