Connect with us
Advertisement

प्रदेश सांसद सङ्ग्रौला भन्छन्ः ‘प्रतिष्पर्धाको आधारमा सामुदायिक वनलाई पुरस्कृत गरिनुपर्छ’

Published

on

विराटचोकः सलकपुर सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभामा बोल्दै प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौलाले प्रतिष्पर्धाको आधारमा सामुदायिक वनलाई पनि पुरस्कृत गरिनुपर्ने बताएका छन् ।

साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सांसद सङ्ग्रौलाले सामुदायिक वनलाई पुरस्कृत गर्ने पद्धतिले राम्रो काम गर्न प्रेरणा मिल्ने बताए । ‘कामको मूल्याङ्कनको आधारमा उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरिनुपर्छ’, जिल्ला वन कार्यालय मोरङ र सब डिभिजन वन कार्यालय सलकपुरका प्रतिनिधिसामु उनले भने, ‘कुन सामुदायिक वनले कति जनताको हित गरेको छ, समुदायमा कस्ता काम गरेको छ र वन व्यवस्थापन कसरी गरेको छ त्यसको मूल्याङ्कन गर्नुपर्छ ।’ यसरी पुरस्कृत गर्ने पद्धति बसाउन सके सामुदायिक वन उपभोक्ता समिति उपभोक्ताप्रति र वनको संरक्षणमा अझ बढी जिम्मेवार हुने उनको भनाइ थियो ।

जिल्ला बन डिभिजन कार्यालय मोरङका प्रमुख बीएन झाले २०६२ सालमा समुदायले नै वनको रेखदेख गर्ने गरी सामुदायिक वनको अवधारणा कार्यान्वयनमा आएपछि चारकोशे झाडी संरक्षित हुँदै आएको बताए । खोर्सानेबाट केराबारी जाने बाटोको पश्चिमतर्फको वन क्षेत्र २०६२ सालभन्दा अघि धेरै लथालिङ्ग अवस्थामा रहेको उनको भनाइ थियो ।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले वन पैदावरको उपयोगभन्दा वातावरण सन्तुलनमा वनको बढी महत्व हुने औँल्याए । वैज्ञानिक वन व्यवस्थापन पद्धति अङ्गालेर अघि बढ्नुपर्ने बताउँदै बेलाबेलामा आउने गरेका विवादलाई सलकपुर सामुदायिक वन उपभोक्ता समितिले समाधान गर्दै अघि बढेको आफूले पाएको उनको भनाइ थियो ।

कार्यक्रममा सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व उपाध्यक्ष योगराज कार्की, नेपाली काङ्ग्रेस सुन्दरहरैंचा ८ नम्बर वडा कमिटीका सभापति श्यामप्रसाद आचार्य, सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तिप्रसाद सिटौला, संस्थाका पूर्व अध्यक्ष उदयचन्द्र अधिकारीलगायतले सम्बोधन गरेका थिए । आदिवासी जनजाति महासङ्घ मोरङका सचिव वीरेन्द्र श्रेष्ठले सामुदायिक वनले महिला सहभागितामा जोड दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष जनक खत्री अधिकारीले वार्षिक प्रतिवेदन, कार्यकारी सचिव भीमप्रसाद भण्डारीले संस्थाको गतिविधि तथा लेखा संयोजक कोमलप्रसाद लुइँटेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत वर्ष १५ लाख ५१ हजार ३ सय ३ रुपैयाँ बचत गरेको जनाएको छ ।

सो समितिले निर्माण गरेको सभा भवनको कार्यक्रमका प्रमुख अतिथि सङ्ग्रौलाले उद्घाटन गरेका थिए । संस्थाका पूर्व अध्यक्ष उदयचन्द्र अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष सुभाषचन्द्र काफ्लेले सञ्चालन गरेको कार्यक्रममा मुख्य सचिव कुमारी न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Continue Reading

Facebook Comment

12 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक