Connect with us
Advertisement

प्रदेश सांसद सङ्ग्रौला भन्छन्ः ‘प्रतिष्पर्धाको आधारमा सामुदायिक वनलाई पुरस्कृत गरिनुपर्छ’

Published

on

विराटचोकः सलकपुर सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारण सभामा बोल्दै प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौलाले प्रतिष्पर्धाको आधारमा सामुदायिक वनलाई पनि पुरस्कृत गरिनुपर्ने बताएका छन् ।

साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सांसद सङ्ग्रौलाले सामुदायिक वनलाई पुरस्कृत गर्ने पद्धतिले राम्रो काम गर्न प्रेरणा मिल्ने बताए । ‘कामको मूल्याङ्कनको आधारमा उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरिनुपर्छ’, जिल्ला वन कार्यालय मोरङ र सब डिभिजन वन कार्यालय सलकपुरका प्रतिनिधिसामु उनले भने, ‘कुन सामुदायिक वनले कति जनताको हित गरेको छ, समुदायमा कस्ता काम गरेको छ र वन व्यवस्थापन कसरी गरेको छ त्यसको मूल्याङ्कन गर्नुपर्छ ।’ यसरी पुरस्कृत गर्ने पद्धति बसाउन सके सामुदायिक वन उपभोक्ता समिति उपभोक्ताप्रति र वनको संरक्षणमा अझ बढी जिम्मेवार हुने उनको भनाइ थियो ।

जिल्ला बन डिभिजन कार्यालय मोरङका प्रमुख बीएन झाले २०६२ सालमा समुदायले नै वनको रेखदेख गर्ने गरी सामुदायिक वनको अवधारणा कार्यान्वयनमा आएपछि चारकोशे झाडी संरक्षित हुँदै आएको बताए । खोर्सानेबाट केराबारी जाने बाटोको पश्चिमतर्फको वन क्षेत्र २०६२ सालभन्दा अघि धेरै लथालिङ्ग अवस्थामा रहेको उनको भनाइ थियो ।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले वन पैदावरको उपयोगभन्दा वातावरण सन्तुलनमा वनको बढी महत्व हुने औँल्याए । वैज्ञानिक वन व्यवस्थापन पद्धति अङ्गालेर अघि बढ्नुपर्ने बताउँदै बेलाबेलामा आउने गरेका विवादलाई सलकपुर सामुदायिक वन उपभोक्ता समितिले समाधान गर्दै अघि बढेको आफूले पाएको उनको भनाइ थियो ।

कार्यक्रममा सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व उपाध्यक्ष योगराज कार्की, नेपाली काङ्ग्रेस सुन्दरहरैंचा ८ नम्बर वडा कमिटीका सभापति श्यामप्रसाद आचार्य, सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तिप्रसाद सिटौला, संस्थाका पूर्व अध्यक्ष उदयचन्द्र अधिकारीलगायतले सम्बोधन गरेका थिए । आदिवासी जनजाति महासङ्घ मोरङका सचिव वीरेन्द्र श्रेष्ठले सामुदायिक वनले महिला सहभागितामा जोड दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष जनक खत्री अधिकारीले वार्षिक प्रतिवेदन, कार्यकारी सचिव भीमप्रसाद भण्डारीले संस्थाको गतिविधि तथा लेखा संयोजक कोमलप्रसाद लुइँटेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत वर्ष १५ लाख ५१ हजार ३ सय ३ रुपैयाँ बचत गरेको जनाएको छ ।

सो समितिले निर्माण गरेको सभा भवनको कार्यक्रमका प्रमुख अतिथि सङ्ग्रौलाले उद्घाटन गरेका थिए । संस्थाका पूर्व अध्यक्ष उदयचन्द्र अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष सुभाषचन्द्र काफ्लेले सञ्चालन गरेको कार्यक्रममा मुख्य सचिव कुमारी न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Continue Reading

Facebook Comment

12 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक