Connect with us
Advertisement

पर्यटनमा परेको असर समाधानका लागि धरानका होटल व्यवसायी सङ्गठित

Published

on

धरानः शुक्रबार धरानको होटल नवयुगमा भेला भएका होटल व्यवसायीले धरानको पर्यटनमा परेको असर समाधानको प्रयासका लागि जुट्ने बताएका छन् ।

आवासीय सुविधा प्रदान गर्ने होटल, लज र गेष्ट हाउसका सञ्चालकहरुले होटल व्यवसायी समिति धरान गठन गरेका छन् । होटल कञ्चनजङ्घाका सञ्चालक मनोजकुमार मेन्याङ्बोको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिले तत्कालीन रणनीति बनाइ कार्य गर्ने भएको छ ।

कोरोना भाइरसको विश्वव्यापी असर र गत वर्षको डेंगुको असरले पारेको प्रभावका बारेमा छलफल गरिएको भेलामा सहभागी व्यवसायीले बताए । समितिले धरानको पर्यटन प्रबद्र्धनका लागि सोसियल साइट मार्केटिङको रणनीति बनाउने भएको छ । यसैगरी आर्थिक मन्दीले पारेको प्रभावका बारे राज्यलाई झक्झक्याउने, ब्याज छुट, कर छुट र घरभाडा घटाउन समेत दबाव दिने भएको छ ।

धरानमा रात्रीकालीन बजार लगाउने तथा सांस्कृतिक गतिविधि गर्नेबारे पनि रणनीति बनाई काम गर्ने बारेमा छलफल गरिएको छ । गठित समितिको सचिवमा वासुदेव बराल, कोषाध्यक्षमा गोपाल आचार्य र सदस्यहरुमा प्रमेश श्रेष्ठ, एलिना मगर, रवीन्द्र अधिकारी तथा होटल एशोशिएसन अफ धरानका प्रतिनिधि रहेका छन् ।

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

सुनचाँदीको मूल्य घट्यो

Published

on

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

Continue Reading

Banner

राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे

Published

on

राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे

आज देशको राजनीतिक बहस भ्रष्टाचार, शक्ति संघर्ष र सत्ताकेन्द्रित प्रतिस्पर्धामा अड्किएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान, अदालतका बहस र संसदभित्रका आरोप–प्रत्यारोपबीच नागरिक विश्वास क्रमशः कमजोर बन्दै गएको छ । यस्तो समयमा एउटा सामान्य देखिने तर अर्थपूर्ण कागजातले फरक प्रश्न उठाएको छः राजनीति सेवा हो कि सुविधा ?

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखाले २०८३ असार ४ गते जारी गरेको पत्रमा उल्लेख भएअनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनिलकुमार शर्माले आफ्नो कार्यकालभर संसद् सचिवालयबाट उपलब्ध हुने कुनै पनि प्रकारको तलब, भत्ता तथा सुविधा ग्रहण गरेनन् । उनले आफ्नो कार्यकालभर राज्यबाट एक रुपैयाँ तलबभत्ता समेत नलिई अनवरत जनताको पक्षमा काम गरे ।

राजनीतिलाई धेरैले अवसर, पहुँच र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा हेर्ने परिप्रेक्ष्यमा राज्यले दिने सेवा–सुविधा अस्वीकार गर्नु आफैँमा दुर्लभ अभ्यास हो । अझ सांसद पदमा रहँदा तलबभत्ता नलिनु नेपाली राजनीतिक इतिहासमै विरलै देखिने उदाहरणमध्ये एक मानिन्छ ।

शर्मा संसदभित्र सक्रिय सांसदका रूपमा परिचित थिए । स्वास्थ्य सेवा, स्वास्थ्य बीमा विस्तार, मेडिकल शिक्षामा पहुँच र नागरिकको आधारभूत स्वास्थ्य अधिकारका विषयमा उनले निरन्तर आवाज उठाएका थिए । उनका अभिव्यक्तिहरू प्रायः जनसरोकारका मुद्दामा केन्द्रित हुने गर्थे ।

राजनीतिक भूमिकासँगै उनी स्वास्थ्य क्षेत्रमार्फत सामाजिक सेवामा पनि संलग्न छन् । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालसँग आबद्ध शर्माले आर्थिक अभावका कारण उपचार नपाउने बिरामीलाई सहयोग गर्ने गतिविधिहरू गर्दै आएको चर्चा हुने गर्छ ।

मिर्गौला प्रत्यारोपणदेखि आकस्मिक उपचारसम्म, आर्थिक संकटमा परेका बिरामीहरूलाई सहयोग गरेको उदाहरणहरू सार्वजनिक रूपमा उल्लेख गरिन्छ । शर्मा अहिले पनि हजारौँ गरिब, असहाय र विपन्न नागरिकका लागि आशाको केन्द्र बनिरहेका छन् । मिर्गौला प्रत्यारोपण गर्न नसकेर मृत्यु पर्खिरहेका बिरामीलाई जीवन दिने कामदेखि आर्थिक अभावमा उपचार गराउन नसक्ने परिवारसम्म पुगेर सहयोग गर्ने उनको अभियान आज पनि निरन्तर छ ।

शर्माको राजनीतिक शैली चुनाव जितेपछि मात्र होइन, पद बाहिर हुँदा पनि निरन्तर सक्रिय देखिन्छ । पद, शक्ति र सुरक्षाको घेराबन्दी बाहिर पनि जनसरोकारका काममा सक्रिय रहनु उनको राजनीतिक अभ्यासको विशेषता मानिन्छ ।

आजको राजनीतिक वातावरणमा संसद् र सरकारका समाचार प्रायः विवाद, आरोप र शक्ति संघर्षमा केन्द्रित हुने गर्छन् । यस्तो पृष्ठभूमिमा संघीय संसद् सचिवालयको उक्त पत्रले प्रश्न उठाएको छ– राजनीति अन्ततः जनताको सेवा हो कि व्यक्तिगत अवसरको व्यवस्थापन ? यो प्रश्नको जवाफ भने पूर्व सांसद शर्माले जनताको सेवा गरेर दिएका छन् ।

शर्माको राजनीतिक शैलीलाई धेरैले राजनीतिक इमानदारी र सेवाभावको संकेतका रूपमा हेर्छन् । उसो त, यसलाई व्यक्तिगत अभ्यासका रूपमा मात्र व्याख्या पनि गर्ने गरिन्छ । तर पद र शक्तिको दुरुपयोग नगरी जनताको सेवामा खटिने शर्माले आफ्नो कार्यकालभरि संसदीय गतिविधि मात्रै नभएर जनताको सेवालाई प्राथमिकतामा राखे ।

तर जे भए पनि एउटा तथ्य भने स्पष्ट छ, राजनीतिमा असामान्य अभ्यासहरूले नै सामान्य बहसलाई पुनर्जीवित गर्ने गर्छन् । राजनीतिमा नाम पदका कारण होइन, व्यवहारका कारण स्मरणीय बन्ने गर्छ भन्ने तर्कलाई शर्माको अभ्यासले थप एउटा उदाहरण दिएको छ ।

शर्माको यो अभ्यास प्रशंसाको विषय मात्र होइन, बहसको विषय पनि हो । सार्वजनिक पदमा रहेर सेवा–सुविधा नलिनु नै आदर्श राजनीतिक चरित्र त हो नै यससँगै प्रणालीभित्र सुधार आवश्यकता पनि उत्तिकै जरुरी छ । राजनीति व्यक्तिगत त्यागमा भर पर्नु उपयुक्त भए पनि संस्थागत पारदर्शिता र जबाफदेहिता नै मुख्य कुरा हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक