कोशी प्रदेश
सुन्दरहरैंचा नगरपालिकामा कम्प्युटर तालीम उद्घाटन
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा पाथीभरा सीप विकास तालीम केन्द्रको संयोजनमा शुरु भएको तालीमको सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले उद्घाटन गरिन् ।
तालीम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर तामाङले हरेक क्षेत्रमा प्रविधिको आवश्यकता परेको समयमा घरमै बसी तालीम लिन पाउनु खुशीको कुरा भएको बताइन् । सिकेको सीपको सही उपयोग गर्न उनले प्रशिक्षार्थीलाई सुझाव दिइन् । महिलालक्षित तालीमको दुरुपयोग रोक्न सचेत हुनुपर्ने बेला आएको उनको भनाइ थियो ।

सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले यस्ता तालीमको आयोजना गर्नु भनेको नाटक गर्नु हो भन्ने आवाज उठ्न थालेकाले त्यस्तो आवाजलाई चिर्न सही व्यक्तिलाई तालीम दिनुपर्ने र प्रशिक्षार्थीले सही तरिकाले तालीम लिनुपर्ने बताए । कसैले तालीम छोड्नुपर्ने भएमा त्यसको कारणसहित लिखित निवेदन दिनुपर्ने व्यवस्था गर्न उनले सहयोगी संस्थालाई सुझाव दिए ।
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ का सचिव अनिल पोखरेलले निःशुल्क दिइएको तालीम भनेपछि कम महत्व दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । सरकारी मात्रै नभई निजी कम्पनी र व्यवसाय गर्न पनि प्रविधिको आवश्यक अनिवार्य हुन थालेकाले सबै व्यक्ति प्रविधिमैत्री हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्घाटन समारोहकी अध्यक्ष एवम् सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारीले प्रशिक्षार्थीले बीचैमा तालीम छाड्नु भनेको अरुको अधिकारको हनन गर्नु हो भन्ने बुझ्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रशिक्षक विवेक घिमिरे, सहयोगी संस्थाकी प्रबन्धक कल्पना अर्याल, वडा नम्बर १२ को मेलमिलाप केन्द्रका गुरुप्रसाद अधिकारी र मोहनप्रसाद ढकाल उपस्थित थिए । त्यस्तै, वडा नम्बर १२ का सदस्य गणेशप्रसाद फुयाल, डिल्लीप्रसाद दाहाल, प्रमिला अछामी पनि कार्यक्रममा उपस्थित थिए ।

तीन महिने सो तालीममा सुन्दरहरैंचा नगरपालिकाका सबै वडाबाट प्रशिक्षार्थी छानिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर १२ की सदस्य देवीकुमारी ढकालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन पाथीभरा सीप विकास तालीम केन्द्रका सदस्य आनन्द बस्नेतले गरेका थिए ।

Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login