Connect with us
Advertisement

सुन्दरहरैंचा नगरपालिकामा कम्प्युटर तालीम उद्घाटन

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा पाथीभरा सीप विकास तालीम केन्द्रको संयोजनमा शुरु भएको तालीमको सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले उद्घाटन गरिन् ।

तालीम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर तामाङले हरेक क्षेत्रमा प्रविधिको आवश्यकता परेको समयमा घरमै बसी तालीम लिन पाउनु खुशीको कुरा भएको बताइन् । सिकेको सीपको सही उपयोग गर्न उनले प्रशिक्षार्थीलाई सुझाव दिइन् । महिलालक्षित तालीमको दुरुपयोग रोक्न सचेत हुनुपर्ने बेला आएको उनको भनाइ थियो ।

सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले यस्ता तालीमको आयोजना गर्नु भनेको नाटक गर्नु हो भन्ने आवाज उठ्न थालेकाले त्यस्तो आवाजलाई चिर्न सही व्यक्तिलाई तालीम दिनुपर्ने र प्रशिक्षार्थीले सही तरिकाले तालीम लिनुपर्ने बताए । कसैले तालीम छोड्नुपर्ने भएमा त्यसको कारणसहित लिखित निवेदन दिनुपर्ने व्यवस्था गर्न उनले सहयोगी संस्थालाई सुझाव दिए ।

सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ का सचिव अनिल पोखरेलले निःशुल्क दिइएको तालीम भनेपछि कम महत्व दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । सरकारी मात्रै नभई निजी कम्पनी र व्यवसाय गर्न पनि प्रविधिको आवश्यक अनिवार्य हुन थालेकाले सबै व्यक्ति प्रविधिमैत्री हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्घाटन समारोहकी अध्यक्ष एवम् सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारीले प्रशिक्षार्थीले बीचैमा तालीम छाड्नु भनेको अरुको अधिकारको हनन गर्नु हो भन्ने बुझ्नुपर्ने बताइन् ।

कार्यक्रममा प्रशिक्षक विवेक घिमिरे, सहयोगी संस्थाकी प्रबन्धक कल्पना अर्याल, वडा नम्बर १२ को मेलमिलाप केन्द्रका गुरुप्रसाद अधिकारी र मोहनप्रसाद ढकाल उपस्थित थिए । त्यस्तै, वडा नम्बर १२ का सदस्य गणेशप्रसाद फुयाल, डिल्लीप्रसाद दाहाल, प्रमिला अछामी पनि कार्यक्रममा उपस्थित थिए ।

तीन महिने सो तालीममा सुन्दरहरैंचा नगरपालिकाका सबै वडाबाट प्रशिक्षार्थी छानिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर १२ की सदस्य देवीकुमारी ढकालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन पाथीभरा सीप विकास तालीम केन्द्रका सदस्य आनन्द बस्नेतले गरेका थिए ।

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक