निष्पक्षखबर



बेलबारीले जित्यो सुनवर्षी मेयर कपको उपाधी

बेलबारीः मोरङको सुनवर्षी नगरपालिकामा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधी बेलबारी नगरपालिकाले हात पारेको छ ।

मङ्गलबार भएको फाइनल खेलमा कानेपोखरी गाउँपालिकालाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै बेलबारी विजयी भएको हो । जीतसँगै विजेताले १ लाख २१ हजार र उपविजेताले ६५ हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र पाएका छन् । बेलबारी नगरपालिकाले विजेता खेलाडीहरुलाई जनही ५ हजारका दरले पुरस्कृत गरिने जनाएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.