निष्पक्षखबर



रोगकै विरुद्धमा ओखती लाग्छ : गजल

            गजल

रोगकै विरुद्धमा ओखती लाग्छ
सेवा गर्नु भयो शुल्क कति लाग्छ

थाल जत्रो फराकिलो जिन्दगीमा
अवसर कचौरा जति लाग्छ

तिमि मुस्कुराएर दुनियाँ हेर्नु
पाइला पाइलामा प्रगति लाग्छ

भुक्ने कुकुरले टोक्दै टोक्दैन
टोक्यो भने ठुलो क्षति लाग्छ

अरुको आङमा जुम्रा देख्नेले
अरुकै खराब नियति लाग्छ

निराजन लुइटेल
मोरङ् , नेपाल

Spread the love



Leave a Reply

Your email address will not be published.