सम्पादकीय
लगत संकलन कहिले पूरा हुन्छ ?
कोरोनाको संक्रमणको त्रासपछि देशमा लगाइएको ‘लकडाउन’ को समय थपिएको छ । ‘लकडाउन’ का कारण मजदुर र निम्न आय भएका श्रमिकका लागि अप्ठ्यारो स्थिति सिर्जना भएको भनी आवाज उठेपछि उनीहरुको समस्या बुझ्नका लागि लगत संकलन शुरु हुने जनाइएको छ ।
तर लगत संकलन कहिलेदेखि हुने र कस्तो विधि अपनाइने भन्ने बारेमा भने मापदण्ड बनेको पाइँदैन । त्यसैले लगत संकलन गर्ने भन्ने निर्णय जनता झुक्याउने खेल त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ । निम्न आय भएको भनी मापन गर्ने आधार र उनीहरुलाई कस्तो सुविधा दिने भन्ने निर्णय पनि भएको पाइँदैन ।
लगत संकलनमा कसरी खटिने भन्ने कुनै आधार नभएको पाइन्छ । अहिले स्थानीय सरकारका कम्तीमा ५ जना जनप्रतिनिधि वडा तहमा रहेका छन् । उनीहरुले एक वा दुई टोलको जिम्मा लिने हो भने लगत संकलन गर्न धेरै स्थानमा सहज हुने देखिन्छ । संकटको बेला झण्झटिलो सरकारी निर्णय र आदेश पर्खनुभन्दा पनि आफ्नो वडामा यस्तो काम गरिहाल्ने ‘आँट’ जनप्रतिनिधि विशेष गरी वडाध्यक्षले लिनुपर्ने देखिन्छ ।
लगत संकलन गर्ने क्रममा नै सम्बन्धित सबैको सम्पर्क नम्बर लिने हो भने पछि राज्यले दिने सुविधा दिने बारेमा जानकारी दिन पनि सहज हुने देखिन्छ । धेरै स्थानीय तहले राहत पनि आफैँ बाँड्ने र अन्य संघसंस्थालाई भरसक राहत वितरण गर्न नदिने बताएका छन् । राहत बाँड्दा हालै केही स्थानीय तहमा देखिएको भीड देख्दा संक्रमणको जोखिम झन् बढेको सबैले अनुभव गरेको हो । यस्ता हरेक कुरामा ध्यान दिनु आवश्यक छ ।
सरकारी काम भन्नासाथ झण्झटिलो र लामो प्रक्रिया पूरा गर्नुपर्ने भन्ने आम बुझाइ छ । धेरै काममा यस्तै देखिएको पनि छ । अहिलेको संकटको अवस्थामा कसरी काम गर्ने भन्ने बारेमा स्थानीय तहले गृहकार्य गर्न जरुरी छ । अहिलेकै अवस्थामा नगरवासीले स्थानीय तहले राहत दिएको अनुभव गर्न पाएनन् भने योभन्दा ठूलो विपत्ति आइलाग्दा कसरी सामना गर्ने यसतर्फ सोच्न आवश्यक छ ।
Facebook Comment
Banner
सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।
सहयोगी मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।
Banner
२४३ विद्यार्थीलाई सुकुना क्याम्पसद्वारा २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति वितरण
शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।
सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।
प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, सल्लाहकार, शिक्षक–कर्मचारी तथा स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्दै क्याम्पसले गरेका गतिविधि र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, सल्लाहकार तथा दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँ तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो ।
नेपालमा सामुदायिक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त सुकुना बहुमुखी क्याम्पसमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष रहेको छ । आगामी वर्ष अक्षयकोषको आकार १ करोड २५ लाख पुर्याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।
Banner
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।
यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login